• बाहुण्डाँगी । रामग्राम जेसीजको जेसीज सप्ताह अन्तर्गत प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवम् सोही शाखाका पूर्व अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले गर्नु भएको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले अबका युवाहरुले जेसीज अयिभानसँगै आर्थिक विकास गर्नु पर्ने बताउनु भयो । उहाँले जेसीजमा लागेर टाइसुट मात्र लगाउने भन्दा पनि एउटा युवा यो समाजमा कसरी उदाहरणीय बन्ने भन्ने कुरा महत्वपूर्ण भएको बताउँदै अबका हरेक युवा आर्थिक दक्षता भएको हुनु पर्ने बताउनु भयो ।
    शाखाका अध्यक्ष सन्दिप अग्रहरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा परासी क्षेत्रका ८१ जनाको सहभागितामा तालिम सम्पन्न भएको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका ट्रेनर रमेश अर्यालले गर्नु भएको थियो । द्ध
    कार्यक्रमका एरिया डि की तालिम आयुक्त हिमा न्यौपानेसहित विभिन्न छिमेकी शाखाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव सिएम चौधरीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…