बाहुण्डाँगी । फागुन ८ गतेबाट जेसीज सप्ताह सुरु गरेको रामग्राम जेसीजले सप्ताह अन्तर्गत कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
परासी क्याम्पसमा आयोजित सचेतना कार्यक्रममा यहाँ अध्ययनरत विद्यार्थीहरुलाई पछिल्लो समय छिमेकी देश चिनमा देखा परेको भाइरस सम्बन्धि सचेतनासहित यसका लक्षण र यसबाट बच्ने उपायका बारेमा सहभागि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा सोही क्याम्पसका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ५५ जना विद्यार्थीहरु सहभागि भएका थिए ।
शाखाका अध्यक्ष सन्दिप अग्रहरीको सभापतित्व तथा जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालका प्रमुख डाक्टर मोहम्मद नुरुल होदाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष माया अग्रहरी, रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्यलगायतले बोलेका थिए । मोहन पौडेलको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव सिएम चौधरीले गरेका थिए ।