• बाहुण्डाँगी । रामग्राम जेसीजको जेसीज सप्ताह अन्तर्गत ५ औँ कार्यक्रम हाम्रा लागि ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
    पराजसीको मञ्जरीया चोकमा आयोजित कार्यक्रममा परासी जेसीजद्धारा जेब्रा क्रस निर्माणसहित विद्यार्थीहरुलाई उक्त जेब्रा क्रसमा कसरी बाटो काट्ने भन्ने विषयमा सचेत गराइएको थियो । यसैगरी विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धि होडिङ बोर्ड राखिएको थियो । साथै ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड सौजन्य गरिएको थियो ।
    शाखाका अध्यक्ष सञ्जिव अग्रहरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकाल, जनता माविका अध्यक्ष दिलिप गुप्ता, शाखाका पूर्व अध्यक्षहरु मेघराज गौतम, सञ्जय पाठक, पुरुषोत्तम ढकाल, राजु रेश्मी, यामकुमारी सुवेदी, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष नारायण सुवेदी, नेपाल रेडक्रस परासी शाखाका कार्यबाहक सभापति बसन्त पराजुली, रामग्राम १० का वडा अध्यक्ष मुन्न गुप्तालगायतको सहभागिता रहेको थियो
    कार्यक्रम संयोजक नन्दु यादब तथा सञ्चालन महासचिव सिएम चौधरीले गरेको थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…