•  

    काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलो तेह्रथुममा पुगेर जन्मोत्सवमा काटिएको केकका विषयमा आलोचना गरेका छन् ।

    रावलले देशमाथि मनपरी गर्न नहुने आशयको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको त्यस्तो कार्यप्रति पूर्ण असहमति प्रकट गरेका छन् ।

    यस्तो छ रावलको ट्वीट-



    आइतबार प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तेह्रथुममा पुगेर नेपालको नक्सा अंकित गरिएको केक काटेर आफ्नो जन्मोत्सव मनाएका थिए । त्यो केक काठमाडौंबाट हेलिकोप्टर चाटर्ड गरेर यति समूहले लगेको खुलेको छ ।

    नेता रावलले आफ्नो ट्व्वीटमा लेखेका छन् केक काट्ने नेपाली संस्कृति होइन र यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठीक होईन । नेता रावलले पार्टीको निर्णयअनुसार बनेको आचार संहिता मान्ने हो भने त यस्तो तामझामका साथ जन्मदिन मनाउनै नहुने भनेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …