• काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री बन्ने सपना फेरी एक पटक चकनाचुर भएको छ । आफ्नै निवास भैसेपाटीमा नेकपाका शीर्ष नेताहरुसँग गुट भेला गरेर राष्टिय सभाको बाटोबाट प्रधानमन्त्री बन्ने सपना देखेका थिए । गुट भेलामा सहभागी नेताहरु उनका सपनाका पात्र त बने तर निर्णायक बन्न सकेनन् । पार्टीकै केही नेता फेरी भिलेन बनेर उदाए र गौतमको निन्द्रा भंग भयो ।

    गत शनिवार नेकपा सचिवालय बैठकले राष्टियसभाबाट पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको कार्यदल बनाएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदल नेकपाकै गर्भमा तुहिएको छ । संविधान संशोधन कार्यदलका सदस्यहरु सुवास नेम्वाड र खिमलाल देवकोटा थिए । दुवै जनाले एउटा ब्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै कार्यदलमा बस्न अस्वीकार गरेका छन् ।

    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल गौतमका पक्षमा भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य इश्वर पोखरेल विपक्षमा देखिए । सचिवालयको गोप्य निर्णय पनि प्रधानमन्त्री कार्यालयबाटै बाहिरिएको थियो । एउटा ब्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न खोज्दा नागरिकको प्रतिक्रिया बुझन पनि प्रधानमन्त्री कार्यालयले यो सुचना बाहिर पठाएको हो ।

    कार्यदल बनेको सुचना बाहिर आएपछि चौतर्फी विरोध भएको छ । पार्टीभित्र र बाहिर चौतर्फी विरोेध भएपछि नेकपा संविधान संशोधनबाट पछि हट्ने निश्चित भएको छ । संविधान संशोधनबाट पछि हटेपछि चोर बाटोबाट प्रधानमन्त्री बन्ने वामदेव गौतमको सपना नेकपाको गर्भमै पतन भएको छ ।

    संविधान संशोधन गरेर भएपनि राष्टिय सभाबाट प्रधानमन्त्री बनाउने आश्वास पाएका गौतमले संविधान संशोधनको खाका पनि तयार गरेका थिए । स्रोतकाअनुसार उनले संविधानको कुन कुन धारा निलम्बन गर्ने र कुन कुन धारामा के थप्ने बिषयमा उनले खाका तयार गरेका थिए ।

    केही दिनअघि आफुनिकटका कानुन ब्यवसायीहरुसँग छलफल गरी गौतमले खाका तयार पारेका हुन् । तर खाका बुझाउनुअघि नै कार्यदल कोमामा पुगिसकेको छ । चौतर्फी विरोध भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि छलफलबिना अघि नबढने मनसायमा पुगेको स्रोतले बताएको छ । यस काठमाडौंको सहयोगमा

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …