• माघ ६, दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

    आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा बिहानदेखिनै प्रदर्शन भइरहेका छन् ।

    दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले नै लिएका छन् ।

    केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दल एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।

    समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएको छ । अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड ठप्प भएको छ भने जिल्लाका अन्य शहरबाट विभिन्न ठाउँमा जाने गाडीसमेत चल्न सकेका छैनन् ।

    अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी नेताहरुप्रति आक्रोशित भएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…