• युबराज रेग्मी

    फाल्गुन १३ बैगुन्धुरा

     

    झापा जिल्लाको गौरादह नगरपालिकामा १२ औं रास्ट्रपति रनिङ सिल्ड २०७६को गौरादह नगर स्तरिय छनौट प्रतियोगिता सम्पन्न भएको छ

    गौरादह नगरपालिका वडा न ९ स्थित श्री अमर माध्यमिक बिधालयको खेल मैदानमा गत फाल्गुन १० गते देखि सन्चालित त्रिदिबसिय खेलाडी छनौट कार्यक्रममा गौरादह नगरपालिका अन्तरगतका सामुदायिक र सस्थागत माध्यमिक बिध्यालयहरुलाई उक्त प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।

    खेलाडी छनौट प्रतियोगिता तथा सम्मान एबम पुरस्कार बितरण कार्यक्रमा आफ्ना बिचार राख्दै कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख श्री रोहित कुमार साहले बिध्यार्थीहरु बीच गराइने यस्ता खेलकुदका कार्यक्रमले बालबालिका हरुको सारिरिक एबम मानसिक बिकासमा सहयोग पुग्ने बताउनु भएको थियो ।

    एक अर्को प्रसङ्गमा बिश्वका बिकसित र समृद्ध रास्ट्र हरुले बिध्यालय स्तरबाटै खेलकुदको माध्यमबाट बालबालिका लाई बिकसित गराएर बर्तमान अवस्थामा आफ्नो देसलाई बिकसित र समृद्ध बनाउन सफल भएको प्रमाणित उदाहरण अभिब्यक्त गर्नु भएको थियो ।

     



    कार्यक्रममा विशिष्ट अतिथी गौरादह नगरपालिका नगर शिक्षा साखा प्रमुख श्री टेक नाथ रेग्मी , वडा न ९ का वडा अध्यक्ष श्री सिताराम भट्टराई , नगर शिक्षा साखाका शिक्षा अधिकृत श्री बिदुर आचार्य , नेपाल शिक्षक महासंघ झापाका जिल्ला अध्यक्ष श्री बुद्धिमान कार्की , नेपाल शिक्षक संघ गौरादह नगर अध्यक्ष श्री रत्न कटुवाल , विभिन्न बिध्यालयका प्रधानाध्यापकहरु गौरादह नगर महिला सन्जाल सचिब लक्ष्मी बाराकोटी, इलाका प्रहरी गौरादह इन्चार्ज बिनोद श्रेष्ठ , ससस्त्र प्रहरीबल बैगुन्धुराका इन्चार्ज , बैगुन्धुरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, विभिन्न खेल सम्बन्धि खेल प्रशिक्षकहरु , खेल शिक्षकहरु, प्रतिनिधि शिक्षकहरु , रेफरी सास्कृतिक समूह , वडा न ९ का जनप्रतिनिधीहरु , बिध्यालय ब्यबस्थापन समितिका सदस्यहरु , शिक्षक अभिभाबक संघका सदस्यहरु स्वयम सेबक बिध्यार्थीहरु ,विभिन्न बिधालयका खेल सहयोगी तथा खेलप्रेमी बिध्यार्थीहरु लगायत कार्यक्रममा उल्लेखमात्रामा दर्सकहएरुको गरिमामय उपस्थिती रहेको थियो ।

     

    बिध्यालय ब्यबस्थापन समितिका अध्यक्षको सभापतित्वमा श्री अमर माध्यमिक बिध्यालय गौरादह ९ को खेलमैदानमा आयोजित कार्यक्रमको सन्चालन सोही बिधालयका शिक्षक प्रतिनिधि श्री जगत प्रसाइले संचालन गर्नु भएको थियो । कार्यक्रममा बिजेता बिध्यार्थी खेल शिक्षक र प्रतिनिधि शिक्षक हरुलाइ नगर प्रमुखले अबिर टीका मेडल र ट्रफिले सम्मानित गर्नु भएको थियो । यश छनौट प्रतियोगितामा बिजेता भएका खेलाडी बिध्यार्थी हरु आगामी दिनमा हुने जिल्ला स्तरिय प्रतिस्पर्धामा सगभागी हुनेछन ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…