बाहुण्डाँगी । दैलेख जिल्लाको नारायण नगरपालिकाको भुर्ती स्थित रेडक्रस माध्यामिक विद्यालयमा अध्ययनरत बालिकाहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । विद्यालयको समन्वय तथा सहकार्यमा दैलेख जेसिज बर्ष २०२० द्धारा आयोजित तालिममा विद्यालयका झण्डै एक सय बढि बालक र बालिकाहरु सहभागि थिए । बाल विवाह तथा यौन दुव्र्यवहार विरुद्ध अभिमुखिकरण तथा आत्मरक्षा तालिमको सहजिकरण बालिका बचाउ अभियानका संयोजक तथा युवा अभियान्ता सजना सुनारले गरेकी थिइन् । बालिकाहरुलाई बाल विवाह विरुद्ध बनेका कानुनी प्रावधान, बाल विवाहले पार्ने असरबारे जानकारी दिइएको दैलेख जेसीज २०२० का अध्यक्ष प्रकाश पौडेलले बताए ।
आत्मरक्षा तालिममा कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने , पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने , संवेदनशील अंग समात्यो भने कसरी छुटाउने , कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने जस्ता तरिका सिकाईएको पौडेलले बताइन् ।
दैलेख जेसिज बर्ष २०१९ को अध्यक्ष रमा प्याकुरेलको अध्यक्षतामा भएको तालिममा दैलेख जेसिजका प्रतिनीधिहरु, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । बलात्कार तथा यौनदुव्र्यवहारका घटनाबाट बालिकाहरुलाई बचाउन तालिम आयोजना गरिएको दैलेख जेसिज बर्ष २०१९ को अध्यक्ष रमा प्याकुरेलले बताइन् ।