• २०७६ फाल्गुण १३ मंगलबार |

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनपर्ने खानेकुराबारे भारतीय पक्षले जानकारी लिइसकेको छ । त्यसैले उनी बस्ने होटल मौर्यको स्वीट रुममा ती खानेकुरा राखिएको छ ।

    स्वीटमा ट्रम्पलाई मनपर्ने कोक र चेजी भेनिला आइस क्रिम राखिएको छ । उनीहरुका लागि निजी सेफ नै खटाइएको छ जसले मनपरेको खाना तुरुन्त तयार गर्नेछन् । ट्रम्पका लागि विश्वकै उत्कृष्ट मध्येका सेफ खटाइएका छन् ।

    दिल्लीस्थित मौर्य होटलको १४ औं तल्लामा द ग्रान्ड प्रेसिडेन्डियल सुइट छ जसलाई चाणक्य सुइट पनि भनिन्छ । यो सुईटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प एक रात बस्नेछन् ।
    एक रातको १३ लाख पर्ने स्वीट रुममा सुत्दैछन् ट्रम्प

    भारत भ्रमणमा रहेका ट्रम्पले रात बिताउने सुइटमा एक रातको भाडा आठ लाख भारतीय रुपैयाँ अर्थात् १२ लाख ८० हजार नेपाली रुपैयाँ पर्छ । कोठामा रेशमले ढाकिएको भित्ता छ । काठ छापिएको भुईं छ र आकर्षक कलाले सिंगारिएको छ ।

    कोठामा आरामदारी शौचालय र स्नानगृह छ । यसमा सानो स्पा र जिम पनि छ । १२ सिटको निजी डाइनिङ रुम पनि छ । यो स्वीटमा बस्ने ट्रम्प चौंथो अमेरिकी राष्ट्रपनि हुनेछन् । यसअघि विल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा यही स्वीटमा बसेका थिए ।

    एजेन्सी

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …