• तिलोचन गौतम

    रातोकलम अनलाइन।
    मलेसिया,माघ-६

    अन्तराष्ट्रिय म्युजिक अर्वाड गर्ने नाममा अर्वाड वेच्न पछि नपरेको एक संस्थाले मलेसियामा कलाकार लिएर कन्सर्टको नाममा अर्का व्रमलुट गरेको थाह भएको छ ।
    चिनिया नयाँ वर्षमा मलेसियाका विभिन्न शहरमा गर्ने भनिएको कार्यक्रममा ल्याइने कलाकारको वारेमा पनि विवाद भएको छ ।

    पोष्टर सार्बजनिक भएपछि कलाकारले पोष्टर प्रति आपती जनाएका छन् । चिनिया नयाँ वर्षमा मलेसियाको जोहर वारुमा गरिने दिमालुङ कन्सर्ट  २०१८ मा ल्याइने भनेर प्रचार गरिएकी कलाकार रस्मी तामाङ्गले सामाजीक संन्जाल वाटै सो कार्यक्रममा आफ्नो नाम राखेर आयोजकले दर्शक लाई ठगी गरिरहेको आरोप लगाएकी छन् ।

     

     

     

     

     

     

     

     

     

     

    यसरी ठगी गर्ने भनिएको हिमालयन इन्टरटेन्मेन्ट ग्रुपले  आयोजन गर्ने अन्तराष्ट्रिय अर्वाडका लागी सहभागी हुने कलाकार संग २ लाख सम्म माग गरेको समाचार यस अघि नै मलाया खवरले प्रकाशन गरिसकेको छ ।
    रस्मीले सामाजीक संन्जालमा मलेसियाको फ्रेण्डसिप धमाकामा मात्र सहभागी हुने र अन्य कार्यक्रममा टाउको राखेर दर्शक ठगी नगर्न आग्रह गरेकी छन् । सो कन्सर्ट  र अर्वाडका लागी राम रेप्चुम राई मलेसिया मा एक महिना अघि नै आइपुगेका छन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…