फेसबुक लाइभमा छोटो र उ’त्तेजक पहिरन लगाएर विभिन्न सरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले प्रतिबन्ध गरेको छ ।
विभिन्न कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उ’त्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो । उ’त्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आ’घात गरेको भन्दै प्रधानमन्त्री हुन सेनले यस्ता कार्य रोक्न प्रतिबन्ध लगाउने भएको हो।
कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उ’त्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् । बन्द गराउनुहोस् ।’
यसरी उ’त्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलावि’रुद्ध यौ’न दु’व्र्यवहार र हिं’सालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ ।