काठमाडौं, १३ फागुन । ३८औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकाले फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदाबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा यही फागुन ११ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार फागुन १५ गते सार्वजनिक बिदा दिइएको हो ।
विज्ञप्ति जारी गरेरै नगर प्रमुख रमणबहादुर थापाले बिदा दिएको जानकारी गराएका हुन् । केन्द्रीय सरकारले सार्वजनिक बिदा कटौती गरे पनि स्थानीय तहले कानुनसम्मत विभिन्न चाड पर्व र दिवसहरुमा भने स्थानिय बिदा दिँदै आएका छ ।