• काठमाडौं, १३ फागुन । स्पष्ट तीन खेमामा रहेको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई नेतृत्वले फेरि ‘जोकर कार्ड’ का रुपमा प्रयोग गरेका छन् ।

    प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सांसदमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने तथा संविधान संशोधन गरी प्रधानमन्त्री पदमा निर्वाचित गराउने कल्पित प्रचारमा नाम जोडिएको छ ।

    नेकपाको आन्तरिक राजनीतिमा सुपर कार्ड मानिने गौतमलाई यसअघि नै बद्नाम गराउनका लागि विभिन्न पदका प्रत्यासी रहेको भनी प्रचार गरिएको थियो । खासगरी गौतमलाई प्रधानमन्त्री बनाउनका निम्ती प्रतिनिधि सभामा ल्याउने चर्चा चलाएर कतिपय चुनावी क्षेत्रमा उनलाई उठाउने तयारी रहेको बताइएको थियो ।

    तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनलाई कास्की–२ मा उठाउने चर्चा थियो । उक्त चर्चाको गौतमले खण्डन गरेका थिए ।

    यद्यपि, उनको प्रधानमन्त्री बन्ने उत्कट इच्छालाई मिडियाबाजी गर्दै ललितपुर–१ का सांसद नवराज सिलवालदेखि काठमाडौंका सांसद रामवीर मानन्धरसम्मलाई राजीनामा गराउने तयारी भएको प्रचार गरियो ।

    नेतृत्व तहबाटै चलाइएको यो हल्लाका कारण गौतमको राजनीतिक प्रतिष्ठा गिर्दो र पदीय लोलुपता ज्यादा रहेको भन्ने सतहमा छर्ने प्रयास भएको उच्च स्रोतहरुको दाबी छ । गौतमले राष्ट्रिय सभाका सांसद पनि कार्यकारी प्रमुख हुनुपर्ने अवस्था आएको खण्डमा सदनमा जाने सर्त अघि सारेपछि अघिल्लो पटकको चुनावमा नारायणकाजी श्रेष्ठलाई मात्र मैदानमा उतारियो ।

    संविधान संशोधन गरी राष्ट्रिय सभा हुँदै सरकारको नेतृत्वसम्म पुर्याउने नेताहरुको आश्वासनका कारण उहाँले केही बोल्नु भएको छैन । तर, यो कुरा कति सम्भव छ भन्ने विषयमा बहस सुरु भइसकेको छ, गौतमनिकट स्रोतले भन्यो, विवादको भुमरीमा पारेर नेतृतवमा पुग्ने अवसरबाट विमुख बनाउन गौतमलाई जोकर बनाउने काम भइरहेको छ ।

    सतहमा गौतमका लागि संविधान संशोधन गर्ने भन्ने चर्चा चल्यो । त्यसका लागि नेता माधवकुमार नेपालको नेतृत्वमा संशोधन कार्यदल गठन भएको बताइएको छ । जसको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खरो विरोध जनाइसकेको छ ।

    कुनै व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने जिकिर गरिएको छ, त्यसो भयो भने सडकमा समेत विरोध हुन्छ, कांग्रेसका नेताहरु भन्छन् । कांग्रेसले मात्र हैन, नेकपाका कतिपय नेताले उक्त कार्यद लबनेको भन्ने विषयको विरोध गरेका छन् । पार्टी र सरकारलाई हानी हुने काम अहिले गर्न नहुने सुझाव कतिपय केन्द्रीय सदस्यले दिएका छन् ।

    यसै पनि पार्टी र सरकारको आलोचना बढेको भन्दै सचिवालय बैठकले गरेको निर्णयले ठूलो नोक्सानी हुनसक्ने चेतावनी दिइएको छ । गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव वा विषय पार्टीको हुनसक्छ ।

    तर, संविधान नै संशोधन गर्ने त्यसका लागि कार्यदल बनाउने भन्ने विषयले सतहसम्म यसको असर पर्छ तत्काल यस्तो नोक्सान हुने काममा ध्यान दिनुहुन्न, नेकपा नेता भन्छन्, यसले अझ अस्थिरता जन्माउँछ । प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाउने बाचा गरेका कारण सचिवालयमा यो प्रस्तावले प्रवेश पाएको थियो ।

    हाल नौ सदस्यीय सचिवालयमा प्रचण्डको पनि बलियो आधार गौतम रहेको बताइन्छ । प्रचण्डलाई एकल अध्यक्षको जिम्मेवारी दिनुपर्ने लविङमा गौतम खुलमखुल्ला नै लागेका थिए । ओलीसँग गौतमको दूरी बढ्नुको कारण भैंसेपाटीमा भएको अर्को बैठक पनि थियो ।

    सचिवालयमा बहुमत सदस्य देखाएर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र संविधान संशोधनको विषय उठाउनको काम पनि प्रचण्डले गरेका थिए । तर, यी सबै प्रक्रियामा गौतमलाई नै जोक्कर बनाउने खेल रहेको कतिपयको बुझाई छ । पहिलो संविधानसभाको चुनावमा पनि तत्कालिन एमाले अध्यक्ष खनाललाई राष्ट्रपति बनाउने नाममा प्रचण्डले जोकर बनाएकै हुन्, अहिलेका पात्र गौतम बनेका छन्, उच्च स्रोतले भन्यो ।

    समिकरणमा गौतमको स्थान
    नेकपामा गौतमलाई जोक्कर बनाउन खोजिए पनि उनी कि पर्सन रहेको राजनीतिक पृष्ठभूमि र शक्ति सन्तुलनका हिसाबले प्रस्ट नै देखाउँछ । नेकपा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुन्, उनको शक्तिका साधारण आंकलन हो ।

    त्यस्तै सचिवालयमा पनि उनी एक सदस्य रहे मात्रै पनि बलियो छन् । पार्टीमा पनि एउटा निर्णायक गुटको नेतृत्व गौतमले गर्दै आएका छन् । तत्कालिन एमालेभित्र गौतम समिकरणीय हिसाबले शक्तिका एक पुञ्ज सावित भएका थिए ।

    आठौं महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्ष निर्वाचित गराउन गौतमको समिकरण फलदायी भयो, नवौंमा ओलीलाई पार्टी हुँदै सत्तासम्म पुर्याउने गतिलो तुरुप, जनप्रहारमा उल्लेख छ ।

    जब बर्दिया र प्यूठानमा उनले प्रतिनिधि सभाको निर्वाचनमा पराजय भोगे पार्टी सत्ता समीकरणमा बाह्य अवसर दिने नाममा उनलाई नेकपाका ओली, प्रचण्ड र नेपाल खेमाले जोकर कार्ड बनाएका हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …