पोखरा, १३ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस त’नावग्रस्त बनेको छ ।
आफ्ना नेता राजेश हमाल (रेशम)लाई प’क्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रहरीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउन खोजेपछि अहिले झ’डपको स्थिति सिर्जना भएको छ ।
गत माघ ८ गते अनेरास्ववियू र नेवि संघका नेताबीच क्याम्पसमा झ’डप भएको थियो । झ’डपमा अनेरास्ववियूका केही नेता–कार्यकर्ताहरु घा’इते भएका थिए ।
घा’इतेहरुले नेवि संघ नेता हमालसहितविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले हमाललाई पक्राउ गरेको थियो ।
नेविसंघले भने हमाललाई पक्राउ गरेकोविरुद्धमा चरणवद्ध आन्दोलन घोषणा गरेको छ ।