•  

    काठमाडौं, फागुन १३


    नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकमा लिपुलेक र लिम्पियाधुरा नभेटिएको बताएका छन्।

    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि नेपाल र भारतबीचको विवादित जमिन कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नक्सामा राखेको विषय प्रमाणित हुँदै गएको र यसको उदाहरण हालै प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकमा देखिएको बताए।

    प्रधानमन्त्रीको जन्मदिनको केक कसले बनायो भन्नु तपशिलको विषय भएको बताउँदै उनले सत्तापक्षकै नेताले नेपालको नक्सा भएको केक काट्नु आफ्नै आमालाई काट्नु सरह भएको दाबी गरे।

    उनले भने, ‘मैले पनि सामाजिक सञ्जालमा भएको त्यो नेपालको नक्सामा लिपुलेक र लिम्पियाधुरा खोज्दै जाँदा कतै भेटिनँ, त्यसैले यो नियतवश गरिएको हो कि भारतलाई खुसी बनाउन गरिएको हो?’

    उनले प्रधानमन्त्रीलाई सिटामोल खान नपाएका कर्णालीका जनतालाई जीवनजल र सिटामोल पुर्‍याउन आग्रह गरे।

    ‘बझाङवासीले चामल खान नपाएर मर्दैछन्, त्यहाँ चामल पुर्‍याउनुस्,’ उनले भने।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …