• धरान । हङकङमा धरानकी एक युवतीले अपार्टमेन्टको छतबाट हाम्फालेर आत्महत्या गरेकी छिन् ।

     

    शनिबार धरान १९ भिक्टोरीयन चौक कि २७ वर्षीय बृषीकाराइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आवाशिय भवनबाट फालेर आत्महत्या गरेकी हुन् ।

    राईले आत्महत्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उद्दारकर्मी घटना स्थलमा पुगेपछि उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएपनि अचानक भवनबाट तल खसेकी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घटना पछि राईको उपचारका क्रममा रोतोन्जी अस्पताल मृत्यु भएको जानकारी प्रप्त भएको छ ।

    दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमा संग केहिसमयदेखी बोलचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृतक धरान १९ कै रहेको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले शव बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …