• बाहुण्डाँगी । रामग्राम जेसीजको जेसीज सप्ताह अन्तर्गत छैटौँ कार्यक्रम दृष्टिविहिन विद्यार्थीहरुसँग छलफल तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
    आदर्श मावि पराजीमा रहेको परासी दृष्टिविहिन स्रँेत केन्द्रमा आयोजित कार्यक्रममा ‘एक पल दृष्टिबिहिन विद्यार्थीका साथ’ भन्ने उदेश्यसका साथ कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा विद्यार्थीहरुलाई स्केले झोला तथा टिसर्ट वितरण गरिएको थियो । साथै रामग्राम जेसीजका महासचिव सिएम चौधरीले दृष्टिविहिनको स्रोत कक्षामा रङ्गरोकन गर्ने प्रतिबद्धता जनाए ।
    शाखाका अध्यक्ष सन्दिप अग्रहरीको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक अरविन्द पाठक, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य रामरतन हरिजन, रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषेत्तम ढकाल, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष विमला सिंह, पूर्व अध्यक्ष लक्ष्मी क्षेत्रीलगायतले बोलेका थिए ।
    बेनीमाधव बस्यालले संयोजन गरेको कार्यक्रमको सञ्चालन महासचिव सिएम चौधरीले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…