• काठमाडौं । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप चीन बाहेक विश्वका ३३ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ ।

     

    कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो ।

     

     

    यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्नेहुनाले हुवेईका झण्डै ६ करोड जनता क्वारेन्टाईनमा रहेका छन् ।

    चीनमा १ अरब ४२ करोड जनसंख्या रहेको र हुवेईमा मात्र ६ करोड जनसंख्या रहेको र सोही प्रान्तलाई चीन सरकारले बिशेष निगरानीका साथ क्वारेन्टाईनमा राखेर बिरामीको उपचार गराईरहेको छ ।

    पछिल्लो समय हुवेईबाट अन्य मुलुकमा यात्रा गर्ने व्यक्तिलाई समेत स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र यात्रामा समेत विशेष ध्यान दिन विश्व स्वास्थ्य संगठनले निर्देश गरिसकेको छ ।

    फ्ब्रुअरी २४ सम्म चीनमा मात्र ७७ हजार २ सय ६२ जना संक्रमित भएका छन भने २ हजार ५ सय ९५ जनाको मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    त्यसैगरी पछिल्लो समय कोभिड १९ बाट संक्रमित हुने अन्य मुलुकमा दक्षिण कोरिया र जापान अग्रस्थानमा रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
    चीन बाहेक कोभिड १९ संक्रमण देखा परेका मुलुकहरु यसप्रकार रहेका छनः
    अफगानिस्थानमा-१

     

    अष्ट्रेलिया-२३

    बेल्जियम-१

    बराईन-१

    क्याम्बोडिया-१

    क्यानडा -१०

    ईजिप्ट -१

    फिनल्याण्ड -१

    फ्रान्स -१२

    जर्मनी -१६

    भारत -३

    इरान -६४

    इराक -१

    इजरायल -२

    जापान -६९१

    कुवेत -३

    लेवनान -१

    मलेसिया -२२

    नेपाल -१

    ओमान -२

    द फिलिपिन -३

    रसिया -२

    सिंगापुर -८९

    दक्षिण कोरिया -८३३

    स्पेन -२

    श्रीलंका -१

    स्वीडेन -१

    ताईवान -२८

    थाईल्याण्ड -३५

    युनाईटेड अरब इमरेट -१३

    युनाईटेड किङडम -१३

    युनाईटेड स्टेट -५३

    भियतनाम -१६

     

    दक्षिण कोरियाली सेनाले कोरोना भाइरसका बिषयमा सुरक्षा अपनाउनुका साथै स्वास्थ्य उपचारका लागि खटिने जनशक्ति र सुरक्षाकर्मीका लागि विशेष तालिम दिन लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।तस्विर सहित खबर  नेपाल समाचारपत्रबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …