•  

    उर्लाबारी । मोरङको उर्लाबारी—९ स्थित प्रभात आधारभुत विद्यालयको ४२ औं स्थापना दिवस भब्यताको साथ मनाईने भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र स्थानीयको भेलाले कार्यक्रम भब्य र सभ्य मनाउने निर्णय गरेको हो ।
    फागुन २२ गते विद्यालय हाताभित्र हुने कार्यक्रमको प्रमुख आतिथ्यता उर्लाबारी नगर प्रमुख मेयर खड्ग फागोले गर्नुहुनेछ ।
    कार्यक्रममा बिभिन्न जातजातिका झाँकी,कलासंस्कृति, विद्यार्थीको कलाकौशल लगायत विविध प्रस्तुति रहने शिक्षक सन्त बस्नेतले जानकारी दिनुभयो ।
    कार्यक्रमको लागि स्थानीय समाजसेवी तथा पूर्व विद्यार्थी सुन्दर श्रेष्ठले विद्यालयमा रंगरोगन पूनः गरिदिनुभएको छ । जसको कारण विद्यालय बेहुली झैं सिंगारिएको छ । कार्यक्रम सम्पन्न अभिभाबक विद्यार्थी स्थानीय आतुर देखिएका छन्, त्यसैले सबै कम्मर कसेर लागेका छन् । विद्यालयका प्रअ मोहन चापागाईले कार्यक्रम आकर्षक हुने बताउनुभयो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…