काठमाडौँ । रुखबाट लडेर घाइते भएकी एक युवतीको आकलमा ज्यान गएको छ। शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्य रुखबाट लडेर शख्त घाइते भएकी थिइन् उनलाई उपचारको लागि बेलैमा हेलिकप्टरबाट उ’द्धार हुन नसक्दा निधन भएको हो ।
आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै दुखेसो गरेका छन् । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौँ लैजानु पर्ने थियो । तर,दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उ’द्धार हुन नसकेपछि आकलमा उनले ज्यान गुमाएको गौतमको भनाई छ। ९ घण्टा भित्र सबै कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले हेलिकप्टर उडाउन सकिँदैन भनेपछि आफ्नो बहिनिको उपचार गर्न नसकेको बताए । उनले लेखेका छन्: तिमि यस्तो देश मा जन्म लिएकि थियौ जहा‘ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।
उनले समाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस:
उनी मेरी फुपुकी छोरी बहिनी,
गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उ’द्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उ’द्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।
यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।
प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उ’द्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’
हेलिकप्टरबाट छोरीको उ’द्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।
बि’डम्बना !
सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।
तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।
हार्दिक श्र’द्धाञ्जली बहिनी ।
तिम्रो आत्माले शान्ति पाओस् ।
https://www.facebook.com/permalink.php?story_fbid=1062318597462625&id=100010534833968