अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी विहिबार विवाह गर्दैछन। त्यसको तयारीको लागि मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रियंका र आयुष्मानको विवाहका लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको लागि बुक गरिएको छ । मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुका संगीत कार्यक्रम थियो ।
प्रियंकाले मेहेन्दी लगाउनका लागि हरियो पहिरनमा सजिएकी थिइन्। संगीत कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका थुप्रैले आफ्नो प्रस्तुती दिएका थिए ।