• उर्लाबारी, ६ माघ । मोरङको उर्लाबारीमा जारी प्रथम उर्लाबारी मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आजको खेलमा वडा नम्बर ७ विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ ।
    उर्लाबारी – ३ स्थित चाईनिज क्याम्प खेल मैदानमा भएको खेलमा वडा नम्बर ८ लाई टाईब्रेकरमा ४ – २ गोल अन्तरले हराउँदै वडा नम्बर ७ सेमिफाईनलमा पुगेको हो । प्रतियोगितामा भोली वडा नम्बर ३ र ४ बीच प्रतिस्पर्धा हुने आयोजक उर्लाबारी फुटवल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले ७५ हजार तथा उपविजेताले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…