फागुन १४, काठमाडौँ । सोमबार चीनमा जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
कोरोनाभाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै चीनको शीर्ष राजनीतिक निकायले यस्तो निर्णय गरेको हो
‘जन स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको बताउँदै राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
अब वैज्ञानिक अनुसन्धान, चिकित्सक तथा प्रदर्शनीको लागि वन्यजन्तुको प्रयोग गर्नु परेमा पनि ‘कठोर जाँच र स्वीकृति’को आवश्यकता पर्ने व्यवस्था गरिएको छ । यस अघि नै जनवरी २६ मा चिनियाँ अधिकारीले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएका थिए ।