•  

    फागुन १४, काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरेकी छिन् ।

    सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सीमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए। सांसद महेश्वरजङ्ग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औँल्याए। सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानिमा कोठा पाउन समस्या रहेको बताए।

    सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको भनि प्रश्नगरिन् । सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा ध्यानाकर्षण गराइन् । सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताए ।

    सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    रासस

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …