किरण न्यौपाने
रंगेली, १४ फागुन ।
मोरङ्गको रंगेली नगरपालिकामा नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
रंगेली नगरपालिका शिक्षा समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । नगर क्षेत्र भित्र रहेका १२ सामुदायीक तथा ८ निजि विद्यालय सम्मीलित प्रतियोगितामा तिन विद्याका खेल आयोजना हुने नगर शिक्षा समितिका सदस्य सचिव एव शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 
फागुन १६ गते देखि १८ गते सम्म जनता क्याम्पस रंगेलीको खेल मैदानमा आयोजना हुने रनिङ्ग शिल्ड प्रतियोगितामा भलिवल, कवडी र एथलेटिक्सका ३० खेल आयोजना हुने छन् । प्रतियोगितामा ९ देखि १२ कक्षा सम्मका १८ वर्ष मुनिका करिव ३ सय ५० जना छात्रछात्राहरुको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयहरुलाई नगद सहित शिल्ड प्रमाण पत्र उपल्वध गराउने तथा छनौट भएका छात्रछात्राहरुले आगामी फागुन २१ गते देखि बेलबारीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता जनाउने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        