फागुन १५, काठमाडौं । नागरिकतासम्बन्धी कानुनलाई लिएर उत्तर पूर्वी दिल्लीमा भइरहेको हिंसामा २७ जनाको मृत्यु भएको छ । दिल्ली सरकारले त्यस क्षेत्रमा धारा १४४ लगाएपनि चौथो दिन पनि प्रदर्शनकारीले विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिंसामा परी २ सय ५० भन्दा धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति अपनाउन प्रदर्शनकारीसँग अपिल गरेका छन् । यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पनि हिंसाले कसैको राम्रो नहुने भन्दै शान्ति अपनाउन आग्रह गरेका थिए ।
केजरिवालले हिँसा फैलिएको क्षेत्र भजनपुर, घोँडा, यमुना विहार, जान्दबाग, करावललगायत स्थानमा अवस्था चिन्ताजनक भएको भन्दै सेना परिचालन गर्न गृहमन्त्रालयलाई आग्रह गरेका छन् । उनले सेना परिचालन गरेर सो क्षेत्रमा कर्फ्यु लगाउन आग्रह गरेका हुन् ।