• उर्लाबारी, ६ माघ । नेवा देय दवु उर्लाबारी वडा नम्बर ६ को नवगठीत कार्यसमितिको अध्यक्षमा मणि कुमार प्रधान सर्वसम्मत चयन भएका छन् ।जेष्ठ नागरीक रेवत बहादुर श्रेष्ठको अध्यक्षता र नेवा देय दवु उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको भेलाले अध्यक्षमा प्रधानलाई चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा निलम शाक्य, सचिवमा चेतराज श्रेष्ठ, सह सचिवमा सन्देश शाक्य र कोषाध्यक्षमा शारदा श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरुमा वृद्ध कुमारी श्रेष्ठ, किसोर श्रेष्ठ, वम श्रेष्ठ, किसोर शाक्य, प्रकाश श्रेष्ठ र रन्जिता श्रेष्ठ छन् । यस्तै सल्लाहकारहरुमा देवेन्द्र श्रेष्ठ, दिल कुमारी शाक्य, दिना शाक्य, कुन्ता शाक्य, गोपाल श्रेष्ठ, गोवद्धन शाक्य, नवराज श्रेष्ठ र दिपा श्रेष्ठ रहेका छन् ।

    नवगठीत वडा कार्यसमितिले नेवारी भेषभुषा, भाषा, धर्म–संकृती, रितीरिवाजको विकास र प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नूपर्ने नेवा देय दवु उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । उनका अनुसार नगरका सबै वडाहरुमा कार्यसमिति गठन कार्य भइरहेका छन् ।

    समिति गठनका औचित्यका बारेमा मणीलाल श्रेष्ठले प्रष्टाएका थिएभने कार्यक्रमको संचालन गोपाल श्रेष्ठले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…