फागुन १५, काठमाडौं । अभियन्ता ज्ञानेन्द्र शाहीको संयोजकत्वमा नयाँ पार्टी घोषणा भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा शाहीको संयोजकत्वमा ‘हाम्रो नेपाल हामी नेपाली’ नामक पार्टी घोषणा गरिएको हो ।
शुरुमा उक्त पार्टी पूर्व डिआइजी रमेश खरेलको संयोजकत्वमा घोषणा गर्ने भनिएको थियो । खरेलसँग ज्ञानेन्द्र शाहीसमेत जोडिएपनि उनले फेसवुकमा परिस्थिति आफ्नो नियन्त्रणमा नरहेकोले आफुलगायत देवेन्द्र सिटौला, राजकुमार यादव समेत घोषणा कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् ।
उनले आधारभुत कुराहरुमा सहमती हुन नसकेपछि ‘हाम्रो नेपाल हामी नेपाली’ पार्टीमा जोडिन नसकिएको बताएका छन् ।