उर्लाबारी, ६ माघ किराँत राई यायोख्खा उर्लाबारी नगर समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । यायोख्खाको कार्यालयमा भएको सभामा उर्लाबारी नगरपालिकाका मेयर खड्ग प्रमुख अतिथी रहेका थिए । सभाको सभापतित्व नगर अध्यक्ष केसरमान राईले गरेका थिए । कार्यक्रममा किरातीहरुको पौराणिक रचनात्मक क्रियाकलापहरुको प्रर्दशनी गरिनुका साथै मौलिक खानेकुराहरुको पनि व्यवस्था गरिएको नगर सदस्य नुतन राई बताए । कार्यक्रममा प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन र कार्ययोजना प्रतिवेदन समेत प्रस्तुत गरिएको राईले जानकारी गराएका छन् ।