पुष्कर खड्का
रामेछाप - रामेछाप नगर स्तरीय दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र पारीएको छ ।
रामेछाप नगरपालिकाको आयोजनामा यहि फाल्गुण १६ र १७ गते २ दिन प्रतियोगिता गर्न लागिएको रामेछाप नगरपालिका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, , एथ्लेटिक्स , छात्र÷छात्रा रिले दौड , हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट लगायतका खेलहरु संचालन हुनेछ ।
प्रतियोगितामा नगर क्षेत्रका १३ वटा माध्यमिक बिद्यालयहरुले सहभागीता जनाउने छ्न । नगरपालिकाले यस अघि नै १३ वटा माविहरुलाइ प्रतियोगिताको तयारिको लागि आवश्यक खेल सामाग्री प्रदान गरिसकेको छ ।