बाहुण्डाँगी । रामग्राम जेसीजले आयोजना गरेको २०२० को जेसीज सप्ताह अन्तर्गत समापन समारोहमा आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा पवन माविकी गोमा अग्रहरी च्याम्यिन बनेकी छिन् ।
जेसीज सचिवालय परासीमा भएको प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै अग्रहरीले रामग्राम जेसीजको वक्तृत्व उपाधी जितेकी हुन् । ‘सिकाइ र नेतृत्व’ विषयक प्रतियोगितामा फ्युचर लाइट एकाडेमीका विकासस पाण्डे दोस्रो र राष्ट्रिय माविका रञ्जु यादव तेस्रो भए । उनीहरुलाई नगद, प्रमाण पत्र र मेडल प्रदान गरियो ।
शाखाका अध्यक्ष सन्दिप अग्रहरीको सभापतित्व तथा पूर्व गृहराज्य मन्त्रि एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कडेँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामग्रा नगरपालिकाका उपमेयर रम्बा कुँवर, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल, नेपाल जेसीजकी एरिया डि तालिम आयुक्त हिमा न्यौपाने, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकाल, पूर्व अध्यक्ष मुक्तिप्रसाद पौडेल, प्रस्तावित बर्दघाट जेसीजका अध्यक्ष गणेश न्यौपानेलगायत बोलेका थिए ।
कार्यक्रमको संयोजक सदन पौडेल रहेका थिए भने सञ्चालन महासचिव सिएम चौधरीले गरेको थिए ।
गत फागुन ८ गतेबाट सुरु भएको जेसीज सप्ताह अन्तगरगत कोरोना फाइरसको सचेतना, हाम्र लागि ट्राफिक व्यवस्थापन, पर्यटन प्रबद्र्धन, वक्तृत्वकला प्रतियोगिता, योगाभ्यास, दृष्टिबिहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, रामग्राम स्तुपा प्रबद्धन, प्रभावकारी भाषणकला तालि, संसदीय बैठक सञ्चालन सम्बन्धि तालिमको आयोजना गर्दै सप्ताह सम्पन्न भएको शाखाकी कार्यकारीणी उपाध्यक्ष पुष्पा खनालले बताउनु भयो । स्मरण रहोस यो सप्ताह नेपाल जेसीजको २०२० को पहिलो जेसीज सप्ताह समेत हो ।