युबराज रेग्मी
फाल्गुन १५,
केचनाकबल
को हुन राजवंशी ?
पूर्वी नेपालको कोच समुदाय राजवंशी नामले परिचित छ । उनीहरू लामो समयदेखि मोरङ र झापा जिल्लाका विभिन्न भागमा बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ ‘राजपरिवार’ अर्थात् ‘राजपरिवारसँग आवद्ध’ हुन्छ । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनिएको हो भन्ने भनाइ छ । राजवंशी जातिलाई कोच अर्थात् कोचे पनि भनिन्छ । आफूलाई क्षेत्रीय राजकूलको ठान्ने उनीहरू प्रारम्भमा विराटराजाले आश्रय दिएको मान्दछन् । पूर्वी नेपालमा शासन गर्ने किचक उनीहरूकै आदिपूर्खा भएको विश्वास गर्दछन् । यही कारणले उनीहरूले आफूलाई राजाका सन्तानका रूपमा राजवंशी भनेका हुन् ।
समाजशास्त्री डोरबहादुर विष्टका अनुसार हालको आसाममा अवस्थित सन्कोशनदी, कोश र कोशीनदी भौगोलिक क्षेत्रभित्र प्राचीनकालदेखि बसोबास गर्दै आएका मानिसहरूलाई कोच भनिन्छ ।
सत्रौं र अठारौं शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि भारतको आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अंग्रेजहरूले र झापा, मोरङ र सुनसरी जिल्लालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भएको थियो ।
आर्यहरूको आगमनभन्दा अगाडिदेखि नै आफ्नै संमृद्ध संस्कृति र गौरवशाली परम्परा चलाएर राज्य गर्दै आएका कोच आफूभन्दा शक्तिशाली र समुन्नत ठहर्याएका जाति र वर्गहरूका अगाडि आफ्नो आत्मसम्मान र मर्यादामा क्रमशः पतन हुन थाल्यो ।
धेरैजसो कोच ब्राह्मण पुरोहितहरूका जजमान बन्न थाले । उनीहरूले लुकिछिपी जात बदल्न थाले । सभ्य बन्नका लागि आफ्नो जातको नाम बदलेर आफूलाई राजपूत सरहको राजवंशी भन्न थाले ।
फलस्वरूप राजपरिवार तथा सम्पन्न कोचहरू राजपूत सरह राजवंशी हुन सफल भए भने कोही मुसलमान धर्म ग्रहण गर्न पुगे । कोच राज्यको पतनपछि हिन्दू वर्णाश्रम व्यवस्थाले यस जातिको परम्परागत संस्कृतिमा प्रभाव पारेको र सांस्कृतिकरूपमै सामाजिक विविधतालाई प्रश्रय मिलेको देखिन्छ । अहिले राजवंशीलाई सामाजिकरूपमा हिन्दू राजवंशी, मुसलमान राजवंशी र कोच गरी तीन समूहमा बाँडिएको पाइन्छ ।
राजवंशीको सामाजिक अवस्था निकै जटिल छ । आदिवासी जनजाति प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्ये सीमान्तकृत आदिवासी समूहमा पर्ने राजवंशीहरूको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार १,१५,२५२ छ । जसमध्ये महिलाहरूको सङ्ख्या ६२,४९१ र पुरुषहरूको सङ्ख्या ५२,७६१ रहेको छ । राजवंशीहरूको जनसङ्ख्या विश्वभर ६६,०६,००० रहेको छ ।
यस जातिको प्रमुख पेशा खेती हो । हाल आएर मजदुरीलगायतका अन्य पेशामा पनि संलग्न छन् । आफ्नो संस्कृति, परम्परा, भाषा र साहित्यमा यो जाति धनी छ । राजवंशीहरू सिधा, सोझा स्वभावका हुन्छन् । झै झगडा, अड्डा अदालतको कानुनी झन्झटबाट टाढा रहन मन पराउँछन् । राजवंशीहरू प्रायः ठूलो गुजुमुज्ज परेर रहेको गाउँवस्तीमा बस्छन् । प्रमुख पेशा खेतीपाती रहेतापनि अहिले कृषिमा निर्भरता घट्दो र युवा पुस्ताहरू शिक्षा, रोजगारीको अभावमा वैदेशिक रोजगारीतिर पलायन भएको पाइएको छ ।
राजवंशीहरूको प्राचीन मौलिक पहिरनका रूपमा महिलाले लगाउने पेटानी, गजी, बर्हती र पुरुषहरूले लगाउने पाझल, धुती, गन्जी र कमिज हो । उनीहरूको खानेकुरामा दाल, भात, तरकारी, अचार, पन्ताभात, खरखराभात, गाजीमुरी, बरी, भाका, पिठ, पेरपेरी, प, बेनी रुटी, छेका–पेल्का, सुकाती, फोदगो, खारी, कान्जि, रसिया, दरकच, पोए साग, लाफ साग, घोटोल, सातसागी, सिदल, सुकटा, काखर(गंगटो), गुन्ज्री (घुंगी), सितु आदि हुन् ।
भाषा:
राजवंशीहरूले बोल्ने भाषालाई राजवंशी भाषा भनिन्छ । यो भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । राजवंशी भाषाको छुट्टै लिपि रहे पनि यिनीहरूले लेख्य परम्पराको रूपमा देवनागरी लिपि नै प्रयोग गर्दछन् । राजवंशीे भाषामा विभिन्नता रहेको पाइन्छ । पूर्व भागमा बोलिने पूर्वीया (भडङिया), बीच भागमा बोलिने ठेट (मध्य) राजवंशी र पश्चिम भागमा बोलिने पश्चिमा गरी तीन प्रकारको लवज (भाषिका)हरू पाइन्छन् । झापामा बोलिने र मोरङमा बोलिने राजवंशी भाषामा पनि फरक पाइन्छ । प्राध्यापक डा. माधवप्रसाद पोखरेलका अनुसार राजवंशी भाषाका चार भाषिका छन् । तिनीहरूमा ताजपुरिया, गन्गाई, सुरजापुरा र केवरत हुन् ।
नेपालको तराई क्षेत्रका झापा, मोरङ र सुनसरीका स्थानीय गाउँहरूमा राजवंशी भाषालाई स्थानीय भाषाको रूपमा अथवा बोलिचालीको भाषाको रूपमा प्रयोग गरिँदै आइएकाले नेपालभित्र राजवंशी भाषीहरूको सङ्ख्या राजवंशीको जनसङ्ख्याभन्दा बढी रहेको पाइएको छ । यस क्षेत्रमा राजवंशीबाहेक थारु, गन्गाई, ताजपुरिया, माझी, गिरि तथा मुसलमानले पनि राजवंशी भाषामा बोल्दछन् । पहिला पहिला व्यापारी माडवारी, पश्चिममा (यादव, राजपूत, कायस्थ, डुम, मुसहर आदि)हरूले पनि राजवंशी भाषाको प्रयोग गर्थे । केही स्थानमा अहिले पनि राजवंशी भाषा नै प्रयोग गर्दछन् । नेपालमा मात्र यो भाषा बोल्नेहरूको सङ्ख्या २ लाख ५० पचास हजारको हाराहारीमा रहेको छ । यस भाषा नेपालबाहेक भारत, बंगलादेश र भुटानमा बोलिन्छ ।
भारतमा राजवंशी भाषा बोल्नेहरूको सङ्ख्या ४८,७८,०००, नेपालमा १,२३,०००, बंगलादेशमा १६,०५,००० र पाकिस्तानमा ३०० जना रहेका छन् । विश्वमा राजवंशीहरूको जनसङ्ख्या आदिवासी जनजातिहरूमा सबैभन्दा पहिलो स्थानमा रहेको पाइन्छ ।
राजबंसि हरु राज बंश प्रकृतिपूजक हुन ।यिनीहरू ठाकुर ब्रह्मानीको पूजा गर्दछन् र धामी झांक्री मान्दछन्। राजवंशीहरूले सिरुवा पर्व, दधिकाद पर्व, होली आदि पर्वहरू मान्दछन। नव बर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व, तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो र पानी खेल्दछन। विहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन छ। यो प्रचलन अन्य केही जनजातिमा पनि पाइन्छ।
पेशागत रूपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो। यो समुदायमा दामेदुंम ( केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने ) डंगुवा ( पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द ( पतिको मृत्यु पछि अर्का सँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह ), धजिया ( अविवाहित केटा केटी विच विवाह भई केटीको घरज्वाई बस्ने किसिमको विवाह ) र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन्। यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने गरेका छन्। तर सबै राजवंशीकाे भेषभुुषाा, भाषा र संस्ककृती फरक छ।
मृत्यु सस्कार :
राष्ट्रिय जनगणना – २०६८ को तथ्याङ्क अनुसार नेपालमा एक सय २५ जातजातिको बसोबास रहेको छ । ती जातजातिमध्ये एक सय २३ जातजातिले आफ्नै मातृ भाषा बोल्ने गरेका छन् । फरक – फरक जातजातिको धर्म, संस्कृति, रहनसहन र रितिरिवाज पनि फरक–फरक नै रहेको पाइन्छ ।
नेपालमा बसोबास गर्ने जातजाति मध्ये मध्य तराई तथा दक्षिणी भेगमा बस्ने राजवंशी जातिको मृत्यु संस्कार भने अन्य जातिको भन्दा फरक छ । करिव दुईलाख ५० हजारको संख्यामा नेपालमा बसोबास गर्ने यो जातिको मृत्यु संस्कारमा आफ्ना परिवारका कुनै सदस्यको मृत्यु भएमा मलामीका लागि प्रत्येकको घर–घरमा पुगेर सुपारी दिँदै बोलाउने प्रचलन रहेको छ ।
मलामीका लागि भेला भइदिन उपस्थितिको निम्ता दिन जाने प्रचलनलाई यो जातिले ‘काठियारी’ भन्ने गरेको पाइन्छ । ‘काठियारी’ नदिई यो समुदायमा कोही पनि मलामी जाँदैनन् ।
राजवंशीले हिन्दू धर्म संस्कार मान्ने गरेता पनि यो समुदायले आफ्ना सदस्यको मृत्यु हुँदा अन्त्येष्टिपछि खोलामा गएर तीन दिनमा तीन सिनान (नुहाउने) गर्दछन् । जसका लागि पनि निम्तो नै दिनुपर्ने बताउँछन् – राजवंशी समाज विकास समिति झापाका पूर्व अध्यक्ष टोम राजवंशी । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै ‘तीन सिनान’ लगत्तै ११ वा त्यसपछि दोस्रोपटक पुनः खोलामा गएर नुहाउने चलन छ ।
जसलाई यो जातिले ‘डाँगीहाट’ भन्ने गरेको छ । त्यसका लागि पनि आफन्त र छरछिमेक तथा बन्धू वान्धवलाई निम्तो नै दिनुपर्छ । यो जातिमा १२÷१३ दिनमा मृत्युको अन्तिम संस्कार गर्ने प्रचलन छ । जसलाई ‘जीउ उठानी’ भन्ने गरिन्छ ।
‘जीउ उठानी’का लागि पनि मृतकका परिवारले सवैलाई बोलाउने चलन छ । परापूर्वकालदेखि चलिआएको परम्परालाई अहिले पछिल्लो पुस्ताले परिमार्जन गर्दै आए पनि मृत्यु हुँदा भने मृतकका पारिवारका कोही न कोही सदस्यले मलामीका लागि भेला भइदिन सुपारी बोकेरै बोलाउन जानुपर्ने चलन नहटेको बताउँछन्– राजगढ निवासी शम्भू राजवंशी । उनी भन्छन्– ‘पहिला भन्दा केही मात्रामा संस्कार परिर्वतन भए पनि मलामी बोलाउने चलन भने उस्तै छ ।’
मृत्यु भएको तीन दिनमा गरिने ‘तीन सिनान’ कर्म र ११ दिन या त्यसपछि गरिने ‘डाँगीहाट’ तथा १२÷१३ दिनमा गरिने ‘जीउ उठानी’ कर्मका लागि उपस्थिति हुन अहिले कार्ड पठाउन थालिएको छ शम्भूले भने – ‘मलामी भेला भइदिन सुपारी लिएर जाँदा नमस्कार गर्दै आफ्ना घरमा फलानाको मृत्यु भयो, मलामी आइदिनु प¥यो भन्दै निम्तो दिन आएको भन्नुपर्छ ।’ यो समुदायमा ‘डाँगीहाट’ पछि मलामीलाई भोज खुवाउने प्रचलन छ । जसका लागि पनि अहिले कार्ड मार्फत निम्तो दिने गरिएको छ– उनले भने ।
कस्तो जाति हो रावजंशी
पश्चिम बंगाल (कुच बिहार) र आसामको सीमानामा बस्ने कोचहरूकै वंशज हुन् राजवंशी । शारीरिक बनोटले मंगोल आकृतिका भए पनि यिनको भाषा बंगाली र आसामीसँग मिल्दोजुल्दो छ । यिनीहरुको भाषालाई धेरै नामले चिनिन्छ । राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले यिनीहरुको भाषालाई चिनिने गरिन्छ ।
झापा, मोरङ, सुनसरी राजवंशीहरुकै राज्य ‘कामतापुर’ रहेको जानकारहरु बताउँछन् । जुन कुरा इतिहासमा पनि उल्लेख भएको पाउन सकिन्छ ।
पाँच किसिमको विवाह गर्ने प्रचलन रहेको यो जातिको बसोबास झापा, मोरङ, सुनसरीमा अधिक रहेको पाइन्छ । झापामा खास गरेर जिल्लाको सदरमुकाम भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काँकरभिट्टा, गौरीगञ्ज, घैलाडुव्वा, कोरोबारी, डाँगीबारी, वैगुनधुरा, चकचकी, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दिबारी, बनियानी, शरणामतीमा बढी केन्द्रित भएको पाइन्छ । यो जातिमा बिहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन समेत रहेको छ । यो प्रचलन अन्य केही जातजातिमा मात्र पाइन्छ ।
यो समुदायमा दामेदुंमे (केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने) डंगुवा (पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द (पतिको मृत्युपछि अर्कासँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह), धजिया (अविवाहित केटा केटीबीच विवाह भई केटीको घरमा घरज्वाइँ बस्ने किसिमको विवाह) र मागी विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा रहेको बताउँछन्– राजवंशी समुदायका इतिहासविद् खड्ग राजवंशी । उनका अनुसार विवाह आठ प्रकारका हुने गरेपनि तरवार विवाह, किया विवाह र तरवार– किया विवाह खासै प्रचलनमा छैन ।
राजवंशीका मुख्य पर्व
प्रकृति पुजक हुन् राजवंशी । यो जातिले ठाकुर ब्रह्मानीको पूजा गर्दछन् । यो जातिले धामी झाँक्रीमा पनि विश्वास गर्ने गरेको पाइन्छ । नवबर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो, पानी र रंग खेल्छन् । सिरुवा, दधिकादो पर्व, होली यो जातिका मुख्य पर्व हुन् । प्रकृतिका पुजारी भनेर चिनिने कोच राजवंशी अहिले आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् ।
यो समुदायका युवापुस्ता आफ्नो विधि–संस्कारबाट टाढिन थालेको अनुभव भएपछि अगुवाहरु जन्मदेखि मृत्युसम्मका संस्कारलाई लिपिबद्ध पार्न जुर्मुराएका छन् । जसका लागि संस्कार–दस्तावेज निकाल्ने काम राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रमार्फत भइरहेको छ ।
राजवंशीहरूको जन्मदेखि मृत्युसम्मका संस्कारमा गुरु, गोसाइँ, किर्तनिया दास र हजामहरूको पेशागत रूपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो। यो समुदायमा दामेदुंम ( केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने ) डंगुवा ( पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द ( पतिको मृत्यु पछि अर्का सँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह ), धजिया ( अविवाहित केटा केटी विच विवाह भई केटीको घरमा घरज्वाई बस्ने किसिमको विवाह ) र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन्। यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने गरेका छन्। तर सबै राजवंशीकाे भेषभुुषाा, भाषा र संस्ककृती फरक छ।
मृत्यु सस्कार :
राष्ट्रिय जनगणना – २०६८ को तथ्याङ्क अनुसार नेपालमा एक सय २५ जातजातिको बसोबास रहेको छ । ती जातजातिमध्ये एक सय २३ जातजातिले आफ्नै मातृ भाषा बोल्ने गरेका छन् । फरक – फरक जातजातिको धर्म, संस्कृति, रहनसहन र रितिरिवाज पनि फरक–फरक नै रहेको पाइन्छ ।
नेपालमा बसोबास गर्ने जातजाति मध्ये मध्य तराई तथा दक्षिणी भेगमा बस्ने राजवंशी जातिको मृत्यु संस्कार भने अन्य जातिको भन्दा फरक छ । करिव दुईलाख ५० हजारको संख्यामा नेपालमा बसोबास गर्ने यो जातिको मृत्यु संस्कारमा आफ्ना परिवारका कुनै सदस्यको मृत्यु भएमा मलामीका लागि प्रत्येकको घर–घरमा पुगेर सुपारी दिँदै बोलाउने प्रचलन रहेको छ ।
मलामीका लागि भेला भइदिन उपस्थितिको निम्ता दिन जाने प्रचलनलाई यो जातिले ‘काठियारी’ भन्ने गरेको पाइन्छ । ‘काठियारी’ नदिई यो समुदायमा कोही पनि मलामी जाँदैनन् ।
राजवंशीले हिन्दू धर्म संस्कार मान्ने गरेता पनि यो समुदायले आफ्ना सदस्यको मृत्यु हुँदा अन्त्येष्टिपछि खोलामा गएर तीन दिनमा तीन सिनान (नुहाउने) गर्दछन् । जसका लागि पनि निम्तो नै दिनुपर्ने बताउँछन् – राजवंशी समाज विकास समिति झापाका पूर्व अध्यक्ष टोम राजवंशी । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै ‘तीन सिनान’ लगत्तै ११ वा त्यसपछि दोस्रोपटक पुनः खोलामा गएर नुहाउने चलन छ ।
जसलाई यो जातिले ‘डाँगीहाट’ भन्ने गरेको छ । त्यसका लागि पनि आफन्त र छरछिमेक तथा बन्धू वान्धवलाई निम्तो नै दिनुपर्छ । यो जातिमा १२÷१३ दिनमा मृत्युको अन्तिम संस्कार गर्ने प्रचलन छ । जसलाई ‘जीउ उठानी’ भन्ने गरिन्छ ।
‘जीउ उठानी’का लागि पनि मृतकका परिवारले सवैलाई बोलाउने चलन छ । परापूर्वकालदेखि चलिआएको परम्परालाई अहिले पछिल्लो पुस्ताले परिमार्जन गर्दै आए पनि मृत्यु हुँदा भने मृतकका पारिवारका कोही न कोही सदस्यले मलामीका लागि भेला भइदिन सुपारी बोकेरै बोलाउन जानुपर्ने चलन नहटेको बताउँछन्– राजगढ निवासी शम्भू राजवंशी । उनी भन्छन्– ‘पहिला भन्दा केही मात्रामा संस्कार परिर्वतन भए पनि मलामी बोलाउने चलन भने उस्तै छ ।’
मृत्यु भएको तीन दिनमा गरिने ‘तीन सिनान’ कर्म र ११ दिन या त्यसपछि गरिने ‘डाँगीहाट’ तथा १२÷१३ दिनमा गरिने ‘जीउ उठानी’ कर्मका लागि उपस्थिति हुन अहिले कार्ड पठाउन थालिएको छ शम्भूले भने – ‘मलामी भेला भइदिन सुपारी लिएर जाँदा नमस्कार गर्दै आफ्ना घरमा फलानाको मृत्यु भयो, मलामी आइदिनु प¥यो भन्दै निम्तो दिन आएको भन्नुपर्छ ।’ यो समुदायमा ‘डाँगीहाट’ पछि मलामीलाई भोज खुवाउने प्रचलन छ । जसका लागि पनि अहिले कार्ड मार्फत निम्तो दिने गरिएको छ– उनले भने ।
कस्तो जाति हो रावजंशी
पश्चिम बंगाल (कुच बिहार) र आसामको सीमानामा बस्ने कोचहरूकै वंशज हुन् राजवंशी । शारीरिक बनोटले मंगोल आकृतिका भए पनि यिनको भाषा बंगाली र आसामीसँग मिल्दोजुल्दो छ । यिनीहरुको भाषालाई धेरै नामले चिनिन्छ । राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले यिनीहरुको भाषालाई चिनिने गरिन्छ ।
झापा, मोरङ, सुनसरी राजवंशीहरुकै राज्य ‘कामतापुर’ रहेको जानकारहरु बताउँछन् । जुन कुरा इतिहासमा पनि उल्लेख भएको पाउन सकिन्छ ।
पाँच किसिमको विवाह गर्ने प्रचलन रहेको यो जातिको बसोबास झापा, मोरङ, सुनसरीमा अधिक रहेको पाइन्छ । झापामा खास गरेर जिल्लाको सदरमुकाम भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काँकरभिट्टा, गौरीगञ्ज, घैलाडुव्वा, कोरोबारी, डाँगीबारी, वैगुनधुरा, चकचकी, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दिबारी, बनियानी, शरणामतीमा बढी केन्द्रित भएको पाइन्छ । यो जातिमा बिहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन समेत रहेको छ । यो प्रचलन अन्य केही जातजातिमा मात्र पाइन्छ ।
यो समुदायमा दामेदुंमे (केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने) डंगुवा (पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द (पतिको मृत्युपछि अर्कासँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह), धजिया (अविवाहित केटा केटीबीच विवाह भई केटीको घरमा घरज्वाइँ बस्ने किसिमको विवाह) र मागी विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा रहेको बताउँछन्– राजवंशी समुदायका इतिहासविद् खड्ग राजवंशी । उनका अनुसार विवाह आठ प्रकारका हुने गरेपनि तरवार विवाह, किया विवाह र तरवार– किया विवाह खासै प्रचलनमा छैन ।
राजवंशीका मुख्य पर्व
प्रकृति पुजक हुन् राजवंशी । यो जातिले ठाकुर ब्रह्मानीको पूजा गर्दछन् । यो जातिले धामी झाँक्रीमा पनि विश्वास गर्ने गरेको पाइन्छ । नवबर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो, पानी र रंग खेल्छन् । सिरुवा, दधिकादो पर्व, होली यो जातिका मुख्य पर्व हुन् । प्रकृतिका पुजारी भनेर चिनिने कोच राजवंशी अहिले आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् ।
यो समुदायका युवापुस्ता आफ्नो विधि–संस्कारबाट टाढिन थालेको अनुभव भएपछि अगुवाहरु जन्मदेखि मृत्युसम्मका संस्कारलाई लिपिबद्ध पार्न जुर्मुराएका छन् । जसका लागि संस्कार–दस्तावेज निकाल्ने काम राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रमार्फत भइरहेको छ ।
राजवंशीहरूको जन्मदेखि मृत्युसम्मका संस्कारमा गुरु, गोसाइँ, किर्तनिया दास भूमिका अनिवार्य हुन्छ । व्राम्हणको विषयमा अहिले मतभेद छ ।
के हो किर्तनिया ?
किर्तनिया दासले गाइन (किर्तन) गरेको व्यक्तिको सात दिनभित्र मृत्यु हुने विश्वास राजवंशी समुदायमा छ । मानिसलाई गाइन सुनाएपछि मृत्युको बाटो खुल्छ । मृत्युपछि मलामीमा सुद्घाट गाइन गरिन्छ भने मलामीलाई शुद्ध पार्न तेरातघाट गाइन गरिन्छ ।
यसैगरी, मृत्युको १२ औं दिनमा मतकमनि किर्तनिया (गाइन), १२औं दिनको बेलुका निसी किर्तनिया र राति गौचरन किर्तनिया गरिन्छ भने १३औं दिनको बिहानीपख भरकुवा गाइन र १३औं दिनमा शुद्धिशान्तिका लागि धेमाली दिवार बेला गाइन गरिन्छ । यसैगरी, शुद्ध शान्ति सकिएपछि धेमाली हवार बाद गाइन र भाकलहरूमा बिहार बेलार गाइन गरिन्छ ।
राजवंशीहरू वर्षमा एकपटक कूल पूजा गरेर गुरुबाट कानभाजा (मन्त्र) लिन्छन् । गुरुले कानमा मन्त्र सुनाइएपछि राजवंशीहरू पवित्र हुन्छन् । मन्त्र नपाएकाहरूको विवाह हुँदैन । गुरु वा गोसाइँले ठाकुर देवताको पूजा गरेर मृत्यु शोकमा रहेको परिवारलाई शुद्ध पार्छन् । गाईगोरु मर्दा पनि घर शुद्ध पार्ने संस्कार रहेको राजवंशीहरू वैशाखभर धुमधामसँग प्रकृतिको पूजा गर्छन् । पूजास्थलमा अलग–अलग दिन पूजा गरिन्छ । हरेक पूजास्थलमा मेला लगाइन्छ र राति दिएको बलिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ ।
मृत्यु संस्कार विशिष्ठ छ– इतिहासविद् खड्ग
पारिवारको कुनै सदस्यको मृत्यु भएपछि परिवारजनले काजकिरिया गर्ने संस्कार प्रायः सबै मानव समुदायमा छ । हिन्दू समुदायमा पनि मृत्यु संस्कार गर्ने कार्य परापूर्वकालबाट नै हुँदै आएको छ । तर पहिलेको तुलनामा अहिले धेरै नै सरल र सहज हुँदै आएको छ । सामान्य अर्थमा मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवम् मृतकको आध्यात्मिक यात्राका लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।
हिन्दू संस्कारमा शवलाई प्रायः घाटमा पुरयाएपछि मृतकको छोरा वा परिवारका कुनै सदस्यले दागबत्ति दिँदै सद्गत गर्दछ । आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन ठाउँ र जातजाति अनुसार फरक छन् । हाम्रो समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलन अनुसार काजकिरिया गर्ने परम्परा छ । यो संस्कार कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर देखिन्छ । केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग जाने बाटो सहज हुन्छ भन्ने प्रचलन रही आएको छ । केही समुदायमा किरियापुत्रीले दिनहुँ नुहाइ–धुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडी नै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लँगौटी र खाँडीको बर्को ओडी पुस–माघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागती मात्र खाएर बस्नुपर्ने चलन छ । किरिया अवधिभर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको? संस्कार विशिष्ठ रहेकाले यसको केही परिमार्जन गर्नुपरे पनि धर्म संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको वहाँ बताउनु हुन्छ