• १६-फाल्गुण-२०७६

    काठमाडौं । जापानले नेपाली कामदार लैजाने योजना बनाएको छ। नेपाली भाषामा पोख्त र मेहनती हुने भन्दै जापानी रोजगारदाता नेपाली कामदार लैजान इच्छुक भएका छन्।

    जापानले सन् २०२० देखि सन् २०३० सम्म एक लाखभन्दा बढी नेपाली कामदार लैजाने संकेत गरेको छ । प्रक्रिया र व्यवसथापन सहज भए नेपालबाट प्रतिवर्ष १० हजारभन्दा बढी कामदार लैजान सक्ने रोजगारदाताले बताएका छन् ।

    इन्टरनेसनल ह्युमन रिर्सोस नेटवर्क अर्गनाइजेसन (आईएचएनओ) का अध्यक्ष योसिहारू कोमियामाले वर्षमा १० हजार नेपाली कामदार जापान लैजान सम्भव भएको बताए। पछिल्लो समयमा चिनियाँ र भियतनामी स्वार्थी हुन थालेका छन्, पारि श्रमिक पनि धेरै माग्न थालेका छन्, उनले भने, उनीहरूको सट्टामा नेपाली कामदारले अवसर पाउने सम्भावना छ।उनीहरूलाई काममा लगाउन समस्या भइरहेको भन्दै जापानी रोजगारदाताले नेपाली कामदार खोज्न थालेको उनको भनाइ छ।

    चीन र भियतनामले पछिल्लो समयमा स्वदेशमै लगानी र रोजगारीमा प्राथमिकता दिन थालेका छन्। हालसम्म चीन र भियतनामबाट नै जापानमा उल्लेख्य संख्यामा कामदार जान्छन्।

    नेपालमा जापानी लगानीका उद्योग कम छन्। यसले गर्दा जापानी रोजगारदाताले नेपालीको मेहनत र इमान्दारीताबारे पूर्ण जानकार छैनन्। ‘रोजगारदातामा नेपाली कामदार कस्तो हुन्छ भन्ने थाहा नभएकाले यहाँका कामदारबारे थाहा दिएर लैजान अपिल गर्छांैै’, उनले भने। जापानले नेपाल सरकारसँग मिलेर सीपमूलक तालिम सञ्चालन गर्ने तयारीसमेत गरेका छन्।

    नेपालीलाई सीप सिकाएर दक्ष बनाएर जापान लैजाने योजनाअनुरुप ट्रेनिङ सेन्टर स्थापना गर्न लबिङ गर्दै आएका छन्। खासगरी एनफो तहको जापानी भाषा परीक्षा पास गरेर बसेका विद्यार्थीलाई लक्षित गरी भाषा सेन्टरका साथै सीपमूलक तालिम सिकाउने जापानी नागरिकको योजना छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …