• २०७६ फाल्गुण १६ शुक्रबार |

    काठमाडौं । प्रधान सेनापतिबाट निवृत्त भएका राजेन्द्र क्षेत्रीविरुद्ध ८ अर्ब भ्रष्टाचार गरेको आरोपमा सेनाले नै उजुरी दर्ता गराएको छ ।

    क्षेत्रीले गरेको अनियमिता बारे मिडियाबाट समाचार सार्वजनिम भएपछि सैनिक संगठनले नै उजुरी दिएको हो ।

    सैन्य अधिकारीहरूले संसदीय समितिमा क्षेत्रीले भ्राष्टाचार गरेको उजुरी दर्ज गराएका छन् । क्षेत्रीले गरेको भ्रष्टाचार मुद्दालाई सैन्य अधिकारीहरूले पहिलो पटक संसदमा प्रवेश गराएका हुन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा क्षेंत्रीले गरेको भ्रष्टाचारविरुद्ध उजुरी दायर भएको हो । समितिले क्षेत्रीको भ्रष्टाचारको फाइल खोलिसकेको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा सेनाको मुख्यालय पुनर्निर्माणमा भ्रष्टाचार गरेको, राष्ट्राध्यक्षले पाउने सलामी आफैंले लिएको, सैनिक कल्याणकारी कोषमा अनियमितता गरेको लगायतका उजुरी दर्ता गराएको समितिले जनाएको छ ।

    सैनिक मुख्यालय पुनर्निर्माणमा भ्रष्टाचार भएको भन्दै गत जेठ २ गते समितिमा उजुरी दर्ता भएो थियो । उजुरीमा छिटो उच्चस्तरीय छानबिन टोली गठन गरि क्षेत्रीमाथि कारबाही गर्न माग गरिएको छ ।

    सेनाभित्र भएका अनियमिततामा संसदीय समितिले पहिलो पटक औपचारिक कदम चाल्दै राज्य व्यवस्था समितिले गत असोजमा उजुरीमाथि प्रारम्भिक छानबिन गर्न सांसद रेखा शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

    कार्यदलले अध्ययन गरेर प्रतिवेदन समितिमा पेश गरेको छ । तीन सदस्यीय कार्यदलमा सांसद नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य थिए ।

    तर, कार्यदलले उपसमितिमा बुझाएको प्रतिवेदनमा पहिलो उजुरीमाथि के कस्तो अनियमितता भएको हो, त्यसको छानबिन गरी कानुनअनुसार कारबाहीसमेत गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ ।

    त्यस्तै दोस्रो उजुरीमा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पठाउन उपयुक्त हुने सुझाव कार्यदलले दिएको छ । प्रश्न, अब समितिले के गर्छ भन्ने उठेको छ । कार्यदलले सुझाव दिएअनुसारै समितिले पनि निर्देशन देला ? अभियान टाइम्सका साथमा

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …