•  

    फागुन १६ । सृष्टिको नियममा मानिस मात्र होइन स्वयम् भगवान पनि बाँधिएका छन् ।भगवानले पनि सृष्टिका केही नियमलाई पालना गर्नु पर्ने हुन्छ । त्यसैले जबजब भगवानले मनुष्य अवतार धारण गरे उनीहरुले पनि शरीर त्याग गर्नुपर्यो । तसर्थ मानिसले पनि आफ्नो शरीर निश्चित अवधिपछि त्याग गर्नुपर्ने हुन्छ ।

    शास्त्रमा उल्लेख भए अनुसार मानिसको अनुरोधमा यमराजले मृत्यु अघि ४ संकेत दिने वचन गरेका थिए । जसको पालन यमराज गर्दछन् । जसअनुसार कोहि मानिसलाई मृत्यु आउनु अघि शरीर त्याग गर्ने समय आएको यमराजले संकेत दिने गर्दछन् ।धार्मिकशास्त्र अनुसार मानिसको आयु पूरा भएको र शरीर त्याग गर्ने समय आएको संकेत यमराजले यस प्रकारले दिने गरेका छन् ।

    - पहिलो संकेतअधिकांश मानिसको उमेर बढ्दै जाँदा कपाल सेता हुन थाल्दछ । मानिसको आयु सकिएको संकेत गर्ने यमराजको पहिलो संकेत भनेको मानिसको उमेर बढेसंगै उसको कपाल सेता हुदैं जानु हो । यसले मानिसलाई उमेर संगै आयु सकिन लागेको संकेत गर्दछ ।

    - दोश्रो संकेतयमराजको दोश्रो संकेत भनेको उमेर बढ्दै जाँदा मानिसको दाँत समेत झर्न थाल्दछन् । यसले मानिसलाई आयु सकिँदै गएको संकेत गर्दछ । दाँत झरेसंगै मानिसको शरीरले मुक्तिको मार्ग खोज्न थालेको संकेत गर्दछ ।

    - तेश्रो संकेत मानिसको आयु सकिएको तेश्रो संकेत भनेको मानिसको ज्ञानेन्द्रीय कमजोर हुदैँ जानु हो । शरीर बुढो भएपछि मानिसको हेर्ने, सुन्ने लगायतका क्षमता कम हुँदै जान्छन् । यस समय यमराजको संकेत रहन्छ अब सृष्टिको कुरा भन्दा पनि आत्म चिन्तन र मननमा ध्यान केन्द्रित गर ।

    - चौथो संकेत यमराजको चौथो संकेत मानिसको उमेर बढेसँगै शरीर पहिले झै सिधा रहँदैन । अर्थात शरीर कुप्रो हुन (झुक्न) थाल्दछ । जसले मानिस आफ्नो शरीरको बोझ आफै थाम्न सक्दैन । यमराज यस अवस्थाबाट संकेत गर्दछन् कि अब शरीरलाई सहाराको आवश्यकता छ जो ब्रम्हलिन भएपछि मात्र सम्भव छ । एजेन्सी

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …