• इटहरी / नेपालकै सर्वा्धिक पुरस्कार राशी मानिएको स्व. मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरू भएको छ । राष्ट्रपति बिद्यादेवि भण्डारीको हातबाट समुदघाटन भएको फुटबल प्रतियोगिताको पहिलो खेल अन्तरगत शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब काठमाण्डौको थ्रिस्टार फुटबल क्लबसंग २ – १ ले पराजित भएको छ ।

    पूर्वाञ्चल क्षेत्रीय रंगसाला इटहरीमा भएको पहिलो उदघाटन खेल अन्तरगत रुस्लान थ्रिस्टार क्लव काठमाण्डौले शसस्त्र प्रहरीको एपिएफ टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ । समुह ए बाट पहिलो खेलबाट नै सेमी फाईनलमा प्रवेश गरेको रुस्लान थ्रिस्टारका खेलाडी अजयी मार्टिनले पहिलो हाफको ३८ मिनेटमा बुद्ध चेम्वोङको पासमा सुन्दर गोल गर्दै आफ्नो समुहलाई बिजयी नजिक पूर्याएका थिए ।

    सशस्त्र प्रहरीको एपिएफले थ्रिस्टार बिरूद्ध गोल गर्ने थुप्रै मौका पाएपनि अवसर चुकाउदा खेलको पहिलो हाफ एक शुन्यमा कायम रहेको थियो । हाफ पछि सुरू भएको खेलको २ मिनेटमै थ्रिस्टारका खेलाडी अजयी मार्टिनले पुनः अर्काे गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाउन सफल भएका थिए । खेलकै क्रममा रुस्लान थ्रिस्टारका खेलाडी पिटर सेमनले आत्माघाती गोल गरी एपिएफलाई शुन्यहुनबाट जोगाएका थिए ।

    निकै रोचक र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामा म्यान अफदि म्याच थ्रि स्टारका मार्टिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । आइतबार मनाङ्ग मस्र्याङ्गदी क्लब काठमाडौ र रमपम झापा ११ बिच खेल हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरी ले जनाएको छ । प्रतियोगितामा बिजेता टिमले १२ लाख, र उपबिजेटा समुहले दोस्रो हुनेले ६ लाख नगद पुरस्कार पाउनेछन ।


सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…