युबराज रेग्मी
१७ फाल्गुन गौरादह, झापा / झापा जिल्लाको ग्रामीण बजार मध्येकै एक पुरानो बजार गौरादह व्यवस्थित हुने कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको वडा न १ मा पर्ने गौरादह हाट बजार व्यवस्थित बनाइएको छ । पुरानो बजारमा रहेका अस्थाई टहरा र बोट बिरुवा हटाइ व्यवस्थित बजार कार्य अब अन्तिम अवस्थामा पुगेको छ ।
बजारलाई व्यवस्थित गर्न नगरपालिकाले दुई चरणमा बिनियोजन गरि निकासा गरेको ३० लाख रकमबाट बजारक्षेत्रमा भएका अस्थाइ रुख बिरुवा हटाउनुका साथै , बजारलाइ सम्याएर १०वटा स्थाइ टहरा निर्माण गरिएको छ ।
परियोजना अन्तर्गत मध्यभागमा ब्लक लगाइएको छ ।बाहिरी भागमा बोट बिरुवा लगाउने योजना छ ।
साथै बजारको बाहिरी वरिपरि फुटपाथ निर्माण ,अन्डरग्राउ ड्रेन निर्माण , बजार दक्षिण भागका स्टेज निर्माण गरिनुका साथै घण्टाघर स्थापना गर्ने बजारको दिर्घकालिन योजनामा उल्लेख भएको बजार ब्यबस्थापन समितिका अध्यक्ष खड्ग थापाले बताए । सुरक्षाका निमित्त बजार वरिपरि सोलार बत्ति र सिसि टिभी क्यामेरा जडान गरिएको छ ।
प्रदेस सरकार बाट सुब्यबस्थित बजार निर्माण कार्यका लागि गरिएको सहयोग रकम सहित कुल २ करोड ६७ लाख लागतमा परियोजना सम्पन्न गरिएको हो । गौरादह बजार लाई आकर्षक र नमुना बजारको रुपमा रुपान्तरण गर्दै नगरको भित्री बजार क्षेत्रलाइ सुव्यवस्थित बनाउने नगरको योजना अनुरुप गौरादहबजार लाई आकर्षक बनाइएको गौरादह नगरपालिकाका नगर प्रमुख श्री प्रमुख रोहित कुमार साहले बताए ।
उनले बजारलाई व्यवस्थित बनाउन छुट्टै पशु बधशाला निर्माण गरिने , साथै वडा न २ मा रहेको श्री अ्मर आधारभुत बिध्यालयको जग्गा लिजमा लिएर कृषि थोक बजार निर्माणकार्य पनि अन्तिम चरणमा पुगेकोले अब उक्त कृषि थोक बजार पनि चाडै सुचारु रहने बताए ।
भबिष्यमा डिपु चोक देखि बजार सम्मको स्थानलाई स्मार्ट बजार बनाइने र रात्री कालिन समयमा पनि बजार खुल्ला हुने ब्यबस्था गराउने नगरको योजना रहेको नगरप्रमुख साह बताउछ्न । हाल गौरादह बजारको मध्यभागमा ग्रामिण सहरि बिकास परियोजना भद्रपुरको आर्थिक सहयोगमा ब्यबस्थित ढल तथा सडक निर्माण कार्य निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख बताउछ्न । त्यस बाहेक बजारको भित्री भागमा अब्यबस्थित रुपमा बिस्तार भएका बिजुली ईन्टरनेट केबल तथा विभिन्न सेवा प्रदायक कम्पनिका तार हरुलाइ ब्यबस्थित गराउन बजारबासी हरुले वडाको पहलमा बिधुत प्राधिकरण समक्ष अनुरोध गरेको गौरादह बजार ब्यबस्थापनका सदस्य टंक बोहराले बताए । संघीयता सगै मुलुकले बिकासको गति प्राप्त गरेको अवस्थामा देसको रास्टिय राजनितिको मुख्य भुमिकामा रहेका ब्यक्ती हरुको स्थाइ बसोबास रहेको झापा जिल्लाको दक्षिणपश्चिम नगरको गौरादह बजार नमुना बजारको रुपमा बिकसित हुने कार्य अन्तिम चरणमा पुगेको छ ।