• एजेन्सी । सानोमा सबै बच्चाहरु ओछ्यानमा पिसाब फेर्ने गर्दछन । उमेर सँगसँगै विस्तारै यस्तो समस्या हट्दै जान्छ । तर, केहि बालबालिकाहरु ठुलो भएसम्म यस्तो समस्यले सताउने गर्दछ । यसको लागि पनि घरेलु उपचार विधिहरु छन् । जसले गर्दा सजिलै ओछ्यानमा पिसाब फेर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    दालचिनीः

    ओछ्यानमा पिसाब फेर्ने बच्चाहरुको लागि दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने वा दालचिनीको पाउडर छर्किएर खाजा खुवाउने गरेमा पिसाब फेर्ने बानी रोकिन्छ ।

    अमलाः

    दुई वटा अमला राम्रोसँग पिस्ने र यसमा एक चम्चा मह र एक चिम्टी बेसार मिसाई पेस्ट बनाई बच्चालाई हरेक दिन बिहान एक चम्चा खान दिएका पिसाब फार्न रोकिन्छ ।

    क्यानबेरी जुसः

    पिसाव थैली र पिसाबमार्गको स्वास्थ्यका लागि क्यानबेरी जुस लाभदायक हुन्छ । बच्चालाई सुताउनुभन्दा एक घण्टा अघि एक कप ताजा क्यानबेरी जुस खुवाउनाले केही सातापछि ओछ्यानमा पिसाब फेर्ने समस्या हटेर जान्छ ।

    ओखर र किसमिसः

    बच्चालाई सुताउनुअघि दुई ओखर र पाँच वटा किसमिस खुवाउने गरेमा केही सातामै बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी सुध्रिदै जान्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …