• कृष्ण लामिछाने मलेसिया ६ माघ। चाइनिज नयाँ बर्षको अवसरमा मलेसियाका बिभिन्न सहरहरुमा यहि १६ फेब्रुअरी देखि १८ फेब्रुअरी २०१८ सम्म हुने कार्यक्रमको लागी नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु मलेसिया आउदै र स्थानीय कलाकारहरुको पनि धमाका प्रस्तुति हुने आयोजक समितिले जनाएको छ ।

    चाइनिजको नयाँ बर्षको विदाईको समयलाई मध्यनजर गर्दै आयोजना गरिएको बताइएको छ । कार्यक्रममा आइडलका प्रतिस्पर्धी टप चौंथ सम्म पुगिएका गायक सागर आले, चर्चित नायिका तथा मोडल एलिशा राई , चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा , गायिका दिपा लामा , पप गायक सुनिल मगर ,चर्चित लोक गायिका भुमिका गिरि लगायत आधा दर्जन कलाकार मलेसियामा आउने लगभग तयारी पुरा भएको आयोजक मलक्काका संयोजक दिपेश शाहीले बताउनु भयो।

    कार्यक्रममा जोहोरबारु फेब्रुअरी १६ , मलक्का १७ तारिख हुने छ भने १८ तारीख बातुपाहातमा हुने आयोजक समितिले बताएको छ कार्यक्रममा स्थानीय समय बिहान ११ बजेबाट सुरु हुने उक्त कार्यक्रममा सम्पुर्णलाई सहभागी हुन अपिल समेत गरेको बताए को छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…