फागुन १७, काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई कामदार भिसा खुल्ला गरेको छ । भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्ने भएको छ । उक्त भिसाको नतिजा पनि ३१ दिनमै आउने छ ।
अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ देखि खुल्न लागेको हो । ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म मात्र खुल्ने युएससीआईएसले जनाएको छ ।
आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र संसारभरबाट अनलाइन आदेदन दिन सकिने प्रावधान छ । भिसा आवेदन दिनका लागि मात्र १० अमेरिकी डलर खर्च लाग्ने छ ।
कामदार भिसाका लागि आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । यो प्रावधानले अमेरिका गएर काम गर्न चाहने नेपाली कामदारलाई पनि सहजता प्रदान गर्ने बताइएको छ ।
इच्छुकले आवेदनका लागि यहाँ क्लिक गर्न सक्नेछन् ।