अर्जुन जम्नेली राई
मोरङ । मोरङको उर्लाबारी किसानचौकदेखि टाँडीहुदै रमितेको आइतबारेसम्म सडक निर्माणको काम तिब्र गतिमा बनिरहेको छ ।
सडक मोरङ क्षेत्र नं. १ (क)को प्रदेश सांसद कुलप्रसाद लिम्बूले छनौट गरेको बहुबर्षिय योजना हो । प्रत्येक प्रत्यक्ष निर्बाचित सांसदले कार्यकालमा एउटा बहुबर्षीय योजना छान्न पाउने भएपछि लिम्बुले "किसानचौक टाँडी रमिते सडक" छानेका हुन ।
मिक्लुखोलादेखी रमिते आइतबारेसम्म १९ किलोमिटर सडक निर्माणको लागि खुलेको टेन्डरमा शर्मा एण्ड भिमेश्वर जेभी कण्ड्रक्सनले ५८ करोडमा ठेक्का सकारेका हुन । सडकको गत मंसिर २२ गते प्रदेश अर्थमन्त्री इन्द्र आंङ्बो लिम्बूको हातबाट शिलन्यास भएको थियो ।
शिलन्यास लगतै सडकको काम तिब्र गतिमा भइरहेको सांसद कुलप्रसाद लिम्बूले बताए । काम सुरु भएको करिब तीन महिनामा ३० प्रतिशत काम भएको भौतिक पूर्बाधार बिकाश कार्यालयको अधिकृत (इन्जिनियर) यामकुमार प्रधानले बताए ।
मिक्लाजुङ-१ रमितेमा सोही सडकको काम गर्दै गरेको तीन वटा डोजरमा माघ ५ गते बिप्लव नेकपाको कार्यकर्ताहरुले आगजनी गरे । यद्यपि काम रोकिएको छैन ।
सडक २१ फिट चौडाइ बन्ने छ । अहिले ट्र्याक बिस्तार (चौदाइ), सडको साइडमा ड्रेन निर्माण, पुल तथा कल्भर्ट धमाधम बन्दैछ । सो प्रकृतिको निर्माण बजेटबाट प्रदेशमै तिब्र गतिमा निर्माण भइरहेको इन्जिनियर प्रधानले बताए ।
टेन्डर परेपछि निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नेपालमा लामो समयसम्म काम नहुने समस्या छ । यो सडक भने सांसद कुलप्रसाद साम्बा आफै लागेर सडक निर्माणको गति तिब्र भएको हो ।
सडक१९ किमी बन्नेमा १४ मिटरको एउटा पुल र २० वटा कल्भर्ट पर्ने इन्जिनियर यामकुमार प्रधानले बताए । निर्माण कम्पनीले २० महिना अर्थात आर्थिक बर्ष २०७७/०७८ को अन्तिम अर्थात अर्को असारमा काम सक्ने सम्झौता भएको छ । यहि गतिमा काम भए सम्झौता भएको भन्दा अगाडि नै कालोपत्रे भइसक्ने देखिन्छ ।
यो सडक उर्लाबारीको किसानचौक, टाँडी, रमितेको आइतबरेहुँदै डाडेगौडामा जोडिन्छ । डाडेगौडा भेडेटारदेखि राकेहुदै पाँचथर सदरमुकाम फिदिम जोडिन्छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका साबुक मधुमल्ला, टाँडी र रमितेखोला गाबिस मिलेर बनेको हो । जसमध्ये टाँडी र रमितेखोला चुरे पहाडमा पर्दछ । रमिते त्यसै रमिते भनिएको होइन । चुरे पहाडको टुप्पोमा रहेको रमिते पर्यटकीय हिसाबले उच्च सम्भावना रहेको स्थल हो । रमिते वातावरणीय हिसाब्ले सुन्दर र गर्मीमा चिसो हुनेनै भयो । त्यहाँबाट तराईका दमक, उर्लाबारी, पथरी सहरहरु देख्नुको साथै चुरे फेदिको हरियो जंगल नियाल्न सकिन्छ ।
जनसंख्याको हिसाबले साबिक टाँडिमा १० जहार, समितेमा १५ सय जनसंख्या रहेपनी सडक कालोपत्रे बनेपछि पूर्वपश्चिम मुख्य सडकबाट आधा घण्टामै चिसो स्थान रमिते पुग्ने हुदा त्यो क्षेत्र पर्यटकीय गन्तब्य बन्ने सांसद कुसल लिम्बूको भनाइ छ ।
सडक साज सज्जाको हिसाबले पनि निक्कै आकर्षक बनाउन लागि परेको सांसद लिम्बूले बताए । लिम्बूले सिन्धुलीको सडक भन्दा कम नहुने दावी गरे । आफ्नो निर्वाचन क्षेत्र भित्र रहेको सडक कृषि, सामाजिक, सास्कृतिक र पर्यटकीय हिसाबले महत्व बोकेको हुनाले चाडो निर्माण गर्न लागि परेको बताए । सडक आकर्षण, प्रदेश कै उत्कृष्ट बनाउन निर्माणको गति बाढाउन आफूले प्रयास गरिरहेको सांसद लिम्बूको भनाइ छ ।