•  

    शनि, फाल्गुन १७, २०७६ 

    प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफूमाथि एउटा गिरोह षड्यन्त्रमा सक्रिय भएको दावी गर्दै छिट्टै त्यसका नाइकेको पर्दाफास हुने बताएका छन् । आफूमाथि बालिका खड्काले पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा हिजो मुद्दा दायर गरेको आज उनले पत्रकार सम्मेलन गरेर गिरोहकै योजना बमोजिम यो कदम चालिएको दाबी गरे । उनले गिरोहको नाइकेको किटानी नामसहित पार्टीको पोलिटब्यूरो बैठकमा छलफल भएको खुलासा समेत गरे । तर, उनले ती नाइके को हुन् भनी खुलाएनन् ।

    आफ्नो राजनीतिक भविष्य नै समाप्त गर्ने गरी गिरोहले करोडौं खर्च गरेको उनको आरोप थियो । मविरुद्ध एउटा गिरोह नै लागेको छ जसको नाइकेको नाम पार्टीमा दिएको छु, मुख्यमन्त्री राईले भने, यही गिरोहको योजना अनुसार यो सबै भइरहेको छ । बालिका खड्काको नाम नलिई उनले आरोप लगाउनेलाई नचिन्ने दाबी गरे । आफू सञ्चारमन्त्री हुँदा देखि नै यो षड्यन्त्र भएको उनले खुलाए । उनले भने, ममाथि षड्यन्त्र गर्नेको पर्दाफास हुन्छ । निकै भावुक रुपमा प्रस्तुत भएका राईले आफू निष्ठावान कम्युनिष्ट पार्टीको सिपाही भएको बताए । विश्वकै कम्युनिष्ट आन्दोलनमा नभएको षड्यन्त्र आफूमाथि भएको उनको भनाई थियो ।

    आफूविरुद्ध षड्यन्त्र गर्ने गिरोहविरुद्ध सीआइबीमा उजूरी समेत गरेको खुलासा गरे । तत्कालिन डिआइजी नवराज सिलवाललाई यसबारे जानकारी गराएको समेत खुलाए । उनले भने, मलाई छ वटा मोबाइलबाट लगातार मेसेज पठाइएको थियो जसलाई मैंले सीआइबीमा समेत दिएको थिएँ । आफू निर्दोष भएकालेसमेत ढुक्क भएर काम गर्न त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले भनेको बताए । पछिल्लो समय एकपछि अर्को घटना विकास भइरहँदा आफूलाई त्यसैमा मुछ्न खोजेको उनको भनाई थियो । सत्तारुढ दलका मन्त्री देखि नेता समेत विभिन्न काण्डमा मुछिइरहँदा यसैमा राखेर हल्ला चलाउन खोजेको टिप्पणी गरे ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…