• फागुन १७, पथरी ।
    मिस पथरी शनिश्चरेको सफलता पुर्वक पहिलो संस्करण सम्पन्न भएको मिस पथरी शनिश्चरेको दोश्रो संस्करण यहि फागुनमा हुने भएको छ ।
    दोस्रो संस्करणमा पुरानो आयोजक भने नहुने भएको छ । यस पटकको आयोजना भने बुद्द युथ क्लबले गर्ने भएको छ । पहिलो संस्करणको आयोजना माउन्ट एभरेष्ट माउण्ट एभरेस्ट इण्टरटेन्मेन्टले गरेको थियो ।  यस पटक हुने संस्करणमा पुरस्कार राशी वृद्धि गर्दै फागुन २६ गते अडिसन हुने भएको आयोजकले जनाएको छ । अडिसन पश्चात् फाइनल अघि २५ दिने बन्द प्रशिक्षण गराइने समेत बताइएको छ ।
    पहिलो मिस पथरी शनिश्चरे रिजु भट्टराईले मिस पुर्वाञ्चलको समेत उपाधी जितेपछी अझ बढी उत्साहित बनेको आयोजकले दोश्रो संस्करणलाई निरंतरता दिन थप उर्जा मिलेको शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएको छ ।


    मिस पथरी शनिश्चरेको विजेतालाई ताज सहित १ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गर्दै आयोजकले अन्य विभिन्न आठ विधामा नगद ८ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने बताइएको छ।
    मिस पथरी शनिश्चरेको फर्स्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ६० हजार र ३५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए ।

    प्रतियोगितामा १६ देखि २५ वर्षसम्मका अविवाहित युवतिहरुले सहभागिता जनाउन पाउने र न्युनतम उचाई ५ फुट २ इञ्च हुनुपर्ने मापदण्ड आयोजकले बताएको छ ।  प्रतियोगीहरुको न्युनतम शैक्षिक योग्यता एस ई ई उतिर्ण गरि ं२ अध्ययनरत हुनु पर्ने बताइएको छ ।
    प्रतियोगिताको दोश्रो संस्करणमा पहिलोमा झैँ मिस ट्यालेन्ट , बेस्ट स्माइल, बेस्ट वाक, मिस फे्रण्डसिप, भिवर च्वाईज, मिस मल्टीमिडीया, बेष्ट पर्सनालिटी, फोटोजेनिक फेस लगायतका विधामा समेत पुरस्कृत गर्ने योजना बनाएको छ ।


    प्रतियोगिताको फाईनल वैशाख २ गते हुने प्रतियोगिताका तालिम संयोजक हिमाल राईले बताए। प्रतियोगिताको फारम सिटीजन नर्सिङहोम, युनिक फोटो स्टुडियो र रेडियो सिम्रीकमा उपलब्ध हुने आयोजकले बताएको छ ।
    पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पहिलो मिस पथरी शनिश्चरे तथा १० औँ मिस पुर्वाञ्चल रिजु भट्टराईले मिस पुर्वाञ्चल, मिस नेपाल लगायतका प्रतिस्पर्धामा जाने खुड्किलाको रुपमा मिस पथरी शनिश्चरे रहेको बताईन भने यश किसिमको प्रतिस्पर्धाले व्यक्तित्व विकासमा समेत महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरिन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …