• फागुन १७, पथरी ।
    मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविमा हुने ३ दिन बृहत विज्ञान प्रर्दशनीको अवलोकन २० हजार भन्दा बढीले अवलोकन गर्ने भएका छन् ।
    विद्यार्थीहरुले २ वर्ष सम्म सिकेको सैद्धान्तिक शिक्षालाई बृहत विज्ञान प्रर्दशनीको मार्फत व्यावहरीक रुपमै प्रर्दशनमा ल्याउने उद्ेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार ब्ुढाथोकीले बताए ।
    सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै उद्घाटन गरिने विद्यालयले जनाएको छ ।
    साथै ३ दिने बृहत विज्ञान प्रर्दशनीलाई २० हजार भन्दा वढि विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान रहेको बुढाथोकीले बताए ।
    साथै उनले १ नम्वर प्रदेशका विज्ञान संकाय संचालन गर्ने सवै विद्यालयहरुको सहभागिता रहने भएकाले अनिवार्य उपस्थितिका लागी सवैमा अनुरोध समेत गरेका छन् ।

    [video width="1920" height="1080" mp4="http://ratokalam.com/wp-content/uploads/2020/03/Arjun-Sir-1.mp4"][/video]

    विद्यालयले आफ्नो ४० औ वार्षीक उत्सव तथा अभिभावक दिवशको अवसर पारेर ३ दिने बृहत विज्ञान प्रर्दशनीको उद्घाटन गर्ने भएको हो ।
    २०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै विज्ञान संकायमा नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल विद्यालयका रुपमा चिनिएको छ ।
    हाल विद्यालयमा विज्ञान संकाय र प्राविधिक तर्फ गरेर ५०० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् भने तिनै विद्यार्थीहरुले तयार पारेका विभिन्न आधुनिक वस्तुहरुको स्टल राखेर प्रर्दशनी गरीने भएको छ ।
    ३ दिने बृहत विज्ञान प्रर्दशनीमा ४६ वटा स्टलहरु रहेने विद्यालयले जनाएको छ जसमा अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टा«ेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगाएत वडा नम्वर १ को मोडल को प्रर्दशनी गरिने भएको विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।
    साथै ३ दिने आयोजित विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रर्दशनी स्टल र बाह्य सहभागि सस्थाका लागि १० वटा स्टल रहने जनाईएको छ । भने आयोजित कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढिरहेको विद्यालयले जनाएको छ ।
    साथै ३ दिने कार्यक्रमा विद्यालयको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परिक्षण, शिक्षक सम्मान तथा विदाई, पुर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेसनरी वितरण, विविध सास्कृतिक कार्यक्रम लगाएत रहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …