•  

    उर्लाबारी । मोरङको उर्लाबारीमा च्याउका मात्र ३५ परिकार परिकार उपलब्ध हुने होटल सञ्चालनमा आएको छ ।
    उर्लाबारी ३ को किसान चौकमा पूर्व पश्चिम राजमार्गसँगै जोडिएको होटल ड्रिम्स एण्ड लजले देश मै पहिलोपटक च्याउका ३५ परिकार उपलब्ध गराउने गरी होटल सञ्चालन गरेको दाबी गरेको छ । उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागोले होटलको उद्घाटन गरे । १५ वर्ष देखि च्याउको ब्यावसायिक खेती गर्दै आएका उदयचन्द्र श्रेष्ठ सहित टीका राजभण्डारी, बोधराज श्रेष्ठ,पदम राई र पूर्ण सिंघकको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।

    नेपाल भ्रमण वर्षलाई लक्षित गरी कुल १ करोड ६० लाख रुपैंयाँको लगानीमा सुरु भएको होटलले १५ जनालाई रोजगार दिइरहेको छ । उर्लाबारीमा उच्च पदस्थ ब्यक्तिहरू आउँदा छिमेकी शहरमा लगेर आवासको बन्दोवस्त गर्नु पर्ने समस्या हल भएको होटल सञ्चालक पूर्ण सिंघकले बताए । खासगरी पाहुनाहरूले उर्लाबारी मै उत्पादित च्याउका मीठा मीठा परिकार होटल ड्रिम्समा खान पाउने सञ्चालकहरूको भनाई छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…