• उर्लाबारी, ७ माघ ।     मोरङको उर्लाबारी – २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा भिम राई निर्वाचित हुनु भएको छ ।
    गएराती सम्पन्न मतगणनामा राईले आफ्ना प्रतिद्वन्दी सीता डाँगीलाई एक सय ६४ मत अन्तरले हराउदै अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

    राईले दुई सय ७४ र डाँगीले एक सय १० मत प्राप्त गर्नुभएको थियो । यस्तै,उपाध्यक्षमा पदमा कवि धिमाल, सचिवमा अरूणा थापा,सहसचिवमा कृष्णराज गिरी र कोषाध्यक्षमा ज्योति थापा निर्वाचित हुनुभयो ।  कोषाध्यक्ष पदमा सीताराम सापकोटा र ज्योति थापाले समान एक सय ७९ मत ल्याएपछि गोलाप्रथाबाट कोषाध्यक्ष पद चुनिएको मुख्य निर्वाचन अधिकृत विश्वनाथ ढुंगानाले जानकारी दिनुभयो । लेखा संयोजकमा डिल्ली सापकोटा विजयी हुनुभयो । चार सय ४२ जना मतदाता रहेको सामुदायिक वनमा चार सय १३ मत खसेको थियो ।


    प्रतिकृया दिनुहोस

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…