• माघ ७ – आर्सनलले इंग्लिस प्रिमियलर लिगमा लगातार तीन खेलको जित बिहीन यात्रा टुंग्याएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले हराएर जित बिहीन यात्राको शृङ्खला रोकेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले चारै गोल पहिलो हाफमा गरेको हो, त्यो पनि २२ मिनेट भित्रमा । छैटौँ मिनेटमा नाचो मोनरियलले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १० औँ मिनेटमा इवोबीले गोल गर्दै अग्रता दोब्बर पारे । १३ औँ मिनेटमा लोरेन्ट कोशिएल्नी तथा २२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ४–० को अग्रता लियो । ७८ औँ मिनेटमा मिलिवोजेविकले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए पछि आर्सनल ४–१ ले विजयी भयो । जितपछि छैटौँ स्थानको आर्सनलको २४ खेलबाट ४२ अंक भएको छ । उ पाँचौँ स्थानको टोटनह्याम भन्दा दुई अंकले पछि रहेको छ । राति नै भएका अरु खेलमा लेस्टर सिटीले वाट्फोर्ड तथा स्टोक सिटीले हडर्ल्सफिल्डलाई समान २–० ले हरायो । यस्तै वेष्ट ह्याम र बोर्नमाउथ तथा एभर्टन र वेष्ट ब्रोमले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…