•  

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिनुभएको छ ।

    उहाँले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताउनुभयोध्र
    उहाँले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतबार सार्वजनिक गर्नुभएको छ । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एक सय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

    उहाँले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताउनुभयो । यसअघि अतिप्रभावित चीन, जापान लगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरि ँदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले विमानमा प्रवेश गर्नुअघि पनि तापक्रम लिन सुरु गरिएको बताउनुभयो ।

    साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोर ोनाको सङ्क्रमणबाट जोगिन सकिने र हेछ भन्दै उहाँले थप्नुभयो, “भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछुध्र”

    उहाँले छिमेकी मुलुक भारतमा सङ्क्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने बताउनुभयो । उहाँले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा अस्पताल तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गर्नुभयो । उहाँले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा सङ्क्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताउनुभयोध्र

    उद्धार टोलीमा देखिएन कोर ोना
    यसैबीच, कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित क्षेत्र चीनमा रहेका नेपालीको उद्धार गर्न गएका १८ जना उद्धार टोलीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नदेखिएपछि उनीहरूलाई आइतबार क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।
    नगर कोटस्थित खानेपानी संस्थानको भवनमा रहेका विमान चालकसहित उद्धार टोलीको शनिबार घाँटीको भित्री भागको ¥याल नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले उद्धार टोलीका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । उहाँले चीनबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दोस्रो चरणमा गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमबार सम्म आइसक्ने जानकारी दिनुभयो ।

    पहिलो चर णको पर ीक्षणका लागि क्वार ेन्टाइनमा र ाखिएको २४ घण्टाभित्र गर्नुपर्ने मापदण्डअनुसार उद्धार गर ी ल्याइएकै दिन फागुन ४ गते नमुना सङ्कलन गरि एको थियो । पहिलो चर णको पर ीक्षणको रि पोर्ट नेगेटिभ आएको थियोध्र
    र ाष्ट्रिय प्रयोगशाला टेकुकी निर्देशक डा। रुना झाले चीनमा उद्धार गर्न गएका विमान चालकसहित १८ जनाको टोलीमा कोर ोना भाइर स नदेखिएको जानकार ी दिनुभयोध्र

    आशङ्कमा दुई जना अस्पताल भर्ना
    यस्तै कोर ोनाको आशङ्कामा टेकुस्थित शहीद शुक्रर ाज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा दुई जनालाई भर्ना गरि एको छ । अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले एक जना चीनबाट र अर्का दक्षिण कोरि याबाट फर्केका नेपाली भएको जानकार ी दिनुभयो । उहाँले आत्तिनुपर्ने अवस्था नभएको भन्दै तापक्रम बढेकाले उनीहरूलाई अस्पताल ल्याएर आइसोलेसन वार्डमा राखिएको जानकार दिनुभयो । उहाँले केही दिनअघि विदेशबाट फर्किएका उनीहरू घर मै बस्दा ज्वर ो आएपछि अस्पतालको सम्पर्कमा आएको जानकार पनि दिनुभयोध्र गोरखापत्रबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …