• उर्लाबारी । मोरङ उर्लाबारी—९ खोपिडाँडा निवासी समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो वडाको खेल र खेलाडीको स्तरोउन्नतीका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले फुटवल नगद २५ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको हो । उक्त नगदले खेलाडीलाई मैदानमा अभ्यास गर्दा लगाउने ट्रयाक सुट खरिद गरिएको छ । ट्रयाक सुटले जाडोमा पनि खेलाडीलाई चिसोबाट जोगिन थप सहयोग भएको छ । वडा नम्बर ९ का खेलाडी उर्लाबारी मेयर कपमा खेल्ने तयारीमा पनि छन् ।
    स्थानीय युवा कमल फ्याक,दिनेश थापा मगर लगायतका युवाहरुले वडाका खेलाडीको समस्या बारे श्रेष्ठलाई समस्या अबगत गराउनुभएको थियो । सोहि अनुरुप श्रेष्ठले सहयोग गरेको बताउनुभयो । ‘खेलाडी भाईहरु निक्कै उत्साहका साथ वडाको नाम र पहिचान बनाउन खेलकुदको माध्यमबाट लागिरहनुभएको छ, सुन्दरले भन्नुभयो,‘ मेरो सानो सहयोगले वडाको खेल विकास माथि पुग्छ भने किन सहयोग नगर्ने भन्दै खुलेर सहयोग गरेको हुँ । राजधानिमा बसेपनि सुन्दर हरदम गाउँकै विकास निर्माणको चिन्तामा हुन्छन् । गाउँमा सडक बत्ति, विद्यालायलाई सहयोग,बाटो निर्माण लगायत उहाँले थुपै सामाजिक सहयोग गर्दै आउनुभएको छ । एक बर्ष अघि पनि सोही खेलाडीहरुलाई उहाँले खेलकुदका समाग्री फुटवल विफ लगायतका समाग्री प्रदान गर्नुभएको थियो । राजघाटमा भएको वडा स्तरीय फुटवलमा पनि उहाँले उल्लेख्य सहयोग गर्नुभएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…