• धरान / कसैको श्रीमती, कसैको आमा ,कसैको बुहारी भएर पनि आफुमा भएको क्षमतालाई देखाई मोडलको उपाधी प्राप्त गर्ने प्लेट र्फम धरानका विवाहित महिलाहरुले तयार गर्न थालेका छन् ।यही आउदो २६ गते धरान विवाहित महिलाले मोडेलको ताज सहित एक लाखको पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । विवाहित महिलाहरुको लागि धरानमा मिसेस प्रदेश १ सौन्र्दय प्रतियोगिता पनि थपिएको छ ।


    वर्ष २१ देखि ४० वर्ष सम्मको विवाहित महिलाको लागि मोडेलको उपाधी जित्ने अवसर हो । प्रतियोगितामा सहभागि हुन भने विवाहित हुनै पर्ने पहिलो प्राथमिकता छ । वैवाहिक प्रमाण अनि मात्रै शैक्षिक प्रमाण पत्रलाई मान्यता दिएर प्रतियोगितामा सहभागि गराईदैछ । सो उमेर सम्मका महिलाले एसएलसी उतीण गरेको प्रमाण पत्र पनि उपलव्ध गराएर प्रदेश १ कै मिसेस वन्न सक्नु हुने छ ।् अहिलेको समाजमा विवाह अघि र पछिको महिलाको जिवन फरक रहेको र क्षमता र रहर हुदा हुदै पनि विवाह पछि अवसरको कमिले खुम्चिएर वस्नु पर्ने वाध्य रहेको छ । यहि वैवाहिक जिवन पछाडि पनि महिलाहरुको क्षमतालाई प्रदर्शन र अभिवृद्धि गर्ने सोचले वुमन वर्थ गु्रपले मिसेस प्रदेश १ प्रतियोगिता आयोजना गर्न लागिएको गु्रपका अध्यक्ष तथा कार्यक्रमका संयोजक मिरा धमलाले बताइन् ।


    मुलुक संघीय संरचनामा गएपछि नेपालमा पहिलो कार्यक्रम भएको आयोजकको दावि रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि प्रतियोगिहरुले अडिसन मार्फत छनौट हुन पर्ने छ । अडिसन यहि माघ १५ गते मसला जोन रेष्टुेरन्ट विर्तामोड , माघ १८ गते कत्यानि इन होटल दमक, माघ २३ गते गंगाजमुना होटल इटहरी, २४ गते हाङकुक साराङ कोरियन रेष्टुरेन्ट धरानमा हुनेछ । त्यस्तै गरि माघ २९ गते छनौट हुनेहरु र उनिहरुको अविभावकहरुसंग धरान फिटनेस क्लवको हलमा अन्तरक्रिया कार्यक्रम हुनेछ भने फागुन २ गते वाट सहभागिलाई प्रशिक्षण गराई फागुन २६ गते धरान ८ स्थित धरान सभागृहमा ग्राण्ड फिनाले हुने आयोजकले जनाए ।


    ग्राण्ड फिनालेमा डिजे ललितको कोरियोग्राफिमा प्रतियोगीहरुले प्रस्तुति दिनेछन । प्रतियोगिताका विजेताले नगद एक लाख रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफट ह्याम्पर प्राप्त गर्ने कार्यक्रमका आर्थिक विभाग प्रमुख रोजि श्रेष्ठले जानकारी गराए । त्यस्तै गरि मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल विजेताले पनि ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पनि रोजि श्रेष्ठले जनाए । प्रतियोगितामा सहभागी महिलाहरुको क्षमता प्रदर्शन तथा अभिभृद्धि गर्नको लागि कार्यक्रमको ग्रान्ड फिनाले भन्दा अगाडि करिव तिन हप्ताको समय विभिन्न विषयमा सहभागि प्रतियोगिहरुलाई तालिम तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

    उनीहरुलाई सम्वन्धित विज्ञ वा जानकारहरुवाट अहिलेको नया संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतता तालिम, प्राथामिक उपाचार तालिम, उद्घोष तथा भाषणकला तालिम,आधारभुत पत्रकारिता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आन्मरक्षा तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गा्निक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन विषयमा तालिम तथा प्रशिक्षण दिइने पनि आयोजकले जनाए ।






सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…